काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
चङ्खेली–३ ब्याफु खानेपानी मर्मत योजनाका सन्दर्भमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरुमाथि आयोगले आज (बिहीवार) मुद्दा दायर गरेको हो।
आयोगले तत्कालीन अध्यक्ष बुढाविरुद्ध ५ लाख १५ हजार रुपैयाँ बराबरको बिगो दाबी गरेको छ। प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सब-इन्जिनियर हर्कधन बुढाविरुद्ध पनि समान बिगो दाबी गरिएको छ।
उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष वीरकुल्ली बुढाविरुद्ध पनि समान बिगो दाबी गरिएको छ।
वडा नं ३ का तत्कालीन वडाध्यक्ष शालिग्राम एडीविरुद्ध भने भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
मुगुको सोरु गाउँपालिका–९ मा सिँचाइ कुलो निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर तथा कार्यालय प्रमुख देवीप्रसाद पाण्डेलगायतविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिएको छ। आयोगले पाण्डेविरुद्ध १४ लाख १७ हजार रुपैयाँ बराबरको बिगो दाबी गरेको छ।
जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन इन्जिनियर महेशसिंह कठायतविरुद्ध १२ लाख ३६ हजार रुपैयाँ र सब-इन्जिनियर भीमबहादुर रोकायाविरुद्ध १ लाख ९१ हजार रुपैयाँ बराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया