Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

काठ तस्करीको सूचना पाए पनि वनका कर्मचारीले वास्ता नगरेको आरोप


रौतहट : नयाँ वर्ष मनाउने नाउँमा रौतहटको वनबाट व्यापक रूपमा काठ चोरी तस्करी भएको छ। जङ्गलमा पिकनिक मनाउने नाउँमा गएका समूहहरूले व्यापक काठ चोरी तस्करी गरेर ल्याइएको हो।

रौतहटको वृन्दावन सबडिभिजन वन कार्यालय अन्तर्गतका वनबाट नयाँ वर्ष मनाउन जंगलमा ट्रयाक्टर लिएर गएका समूहहरूले ठूलो मात्रामा काठ ल्याइएको समाचार स्रोतले जनाएको छ।

वृन्दावन सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत अनिलकुमार महतोको सेटिङमा सो वनबाट करिब तीन लाख मूल्य बराबरको सखुवाका गुलिया ल्याइएको समाचार स्रोतको भनाइ छ।

स्रोतका अनुसार सो काठ आउने खबर पहिले बाहिरिएर डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्र मिश्र र सबडिभिजन वन कार्यालयका सहायक वन अधिकृत अनिलकुमार महतोलाई पटक-पटक जानकारी गराउँदासमेत उनीहरूले कुनै वास्ता नगरेको बताइएको छ।

समाचार स्रोतले दिएको जानकारीअनुसार गत चैत ३० गते दिउँसो जङ्गलमा गएर रूख काटी काठ तयार पारेको र वैशाख १ गते पिकनिक मनाउने नाउँमा ट्रयाक्टरमा काठ भित्र्याउने खबर बाहिरिएको थियो।

सो खबरको फलो गर्दै डिभिजन वन कार्यालयका प्रमुख मिश्र र सहायक वन अधिकृत महतोलाई पटक-पटक सूचना दिइएको थियो। तर, प्रमुख मिश्र र महतोले कुनै वास्ता नगरेको गुनासो छ।

मिश्र र महतो वास्ता नगर्नुमा माथिदेखि तलसम्मकै सेटिङ रहेको सिधा बुझ्न सकिन्छ। समाचार स्रोतका अनुसार सबडिभिजन वन कार्यालय वृन्दावनमा कार्यरत केही वन कर्मचारी सोही पिकनिक मनाउने ठाउँमा गएर भरपुर खाएर लाइन मिलाइदिइएको थियो।

वन कर्मचारीले नै लाइन मिलाइदिएपछि काठ ल्याउने तस्कर समूहलाई सहज भएको थियो। यसरी विभिन्न प्रलोभनमा परेर वन कर्मचारीका ठूलादेखि सानासम्म जङ्गल बेच्न थाल्यो भने बलेरी क्षेत्रका जङ्गल अब केही दिनमै समाप्त हुने जानकारहरूको भनाइ छ।

सूचना आउँदासमेत तस्करी रोक्न कोसिस नै नगर्ने कर्मचारीलाई तत्काल सरुवा गर्नुपर्ने मागसमेत हुन थालेको छ। स्थानीयले हेल्लो सरकार र अख्तियार दुरुपयोग आयोग अनुसन्धानमा उजुरी दिने तयारी गरेका छन्।

डिभिजन वन कार्यालय प्रमुखको रूपमा मिश्र र सहायक वन अधिकृतको रूपमा महतो आएदेखि नै बलेरी क्षेत्रको वनबाट सर्लाहीका तस्करसमेत सक्रिय भएर काठचोरी तस्करी गर्दै आएको छ।

वृन्दावन सबडिभिजन वन कार्यालयमा कार्यरत सम्पूर्ण वन कर्मचारीलाई एकसाथ सरुवा गर्नुपर्ने माग स्थानीयको छ। यिनीहरू लामो समयदेखि एकै ठाउँमा बसेर तस्कर समूहसँग मिलेर काम गर्दै आएको स्थानीयको आरोप छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP