Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

१९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक


काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन सय ५० दशमलव ४७ मा पुगेको छ। कुल ५३ लाख ४४ हजार छ सय १३ कित्ता शेयर रु दुई अर्ब नौ करोड ३६ लाख १२ हजार सात सय ९२ मूल्यमा खरिद बिक्री भएका छन्।

कारोबार भएकामध्ये गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु १७ करोड ८२ लाख ८५ हजार चार सय ४१ मूल्यमा खरिद बिक्री भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स रु १० करोड ५१ लाख ३७ हजार छ सय ७९, पोखरा फाइनान्स रु सात करोड ३७ लाख ५५ हजार छ सय ४६, शिवम् सिमेन्ट रु पाँच करोड ४५ लाख १९ हजार एक सय २३ र हिमालयन रिइन्स्योरेन्स रु पाँच करोड ३० लाख ४९ हजार पाँच सय ५१ मूल्यमा कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार खानीखोला हाइड्रोपावर सात दशमलव ९४, पोखरा फाइनान्स छ दशमलव २१, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलव ७१, मध्य भोटेकोशी जलविद्युत् कम्पनी पाँच दशमलव ७० र पिपल्स पावरका लगानीकर्ताले पाँच दशमलव ५९ प्रतिशतले कमाएका छन्।

रुरु जलविद्युत् परियोजना नौ दशमलव ९९, गुर्खाज फाइनान्स नौ दशमलव३९, सिभिल बैंकको ऋणपत्र आठ दशमलव ८९, सिवाइसी नेपाल लघुवित्त छ दशमलव १२ र एसबिएल ऋणपत्रका लगानीकर्ताले पाँच दशमलव ८४ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP