Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

शौचालयको ढोका फुटाएर लकरसहित झन्डै ६ लाख रुपैयाँ चोरेका तीन जना पक्राउ


पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले एक अनलाइन डेलिभरी भवनको शौचालय फुटाएर रकम चोरी गरेका तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुमार शर्माका अनुसार गत चैत २४ गते पोखरा महानगरपालिका–८ नयाँ बजारमा रहेको अनलाइन डेलिभरी भवनमा रहेको शौचालयको सिसा फुटाएर उक्त भवनमा रहेको लकर सहित नगद पाँच लाख, ८२ हजार पाँच सय ८० रुपैयाँ, एक थान मोबाइल र एक थान झोला चोरी भएको थियो।

सोही सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सोमबार घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको हो। पोखरा महानगरपालिका–५ प्रस्याङबाट पक्राउ परेका उनीहरू पोखरा महानगरपालिका–१५ टुटुङ्गा बस्ने वर्ष २९ को अर्जुन परियार, वडा नं.१० रङ्गशाला बस्ने २७ वर्षीय विकास अधिकारी र धादिङ घर भई हाल पोखरा महानगरपालिका–२ नाला मुख बस्ने २९ वर्षीय लोकेन्द्र बहादुर इटनी रहेका छन्।

उनीहरूको साथबाट एक थान लकर र एक थान झोला बरामद भएको छ। उनीहरूमाथि अनुसन्धान चलिरहेको प्रहरी उपरीक्षक शर्माले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP