Trending
राजनीति नेता खतिवडाको प्रश्नः देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मुल नीति के हो ? अपराध जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ राजनीति तोलाको ११ सयले घट्यो नेपाली बजारमा सुन राजनीति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाको ह्वीप राजनीति आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राजनीति जोखिम नमोली परिणाम आउँदैन : अर्थमन्त्री पुन स्वास्थ्य गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सय लाभान्वित समाज जेठ २ भित्र छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन बालेनको निर्देशन खेल नेपाललाई तेस्रो सफलता, भुर्तेलको व्यक्तिगत दोस्रो विकेट राजनीति समृद्ध नेपाल निर्माणको महाअभियान थालेका छौँ : मन्त्री शर्मा

शौचालयको ढोका फुटाएर लकरसहित झन्डै ६ लाख रुपैयाँ चोरेका तीन जना पक्राउ


पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले एक अनलाइन डेलिभरी भवनको शौचालय फुटाएर रकम चोरी गरेका तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुमार शर्माका अनुसार गत चैत २४ गते पोखरा महानगरपालिका–८ नयाँ बजारमा रहेको अनलाइन डेलिभरी भवनमा रहेको शौचालयको सिसा फुटाएर उक्त भवनमा रहेको लकर सहित नगद पाँच लाख, ८२ हजार पाँच सय ८० रुपैयाँ, एक थान मोबाइल र एक थान झोला चोरी भएको थियो।

सोही सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सोमबार घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको हो। पोखरा महानगरपालिका–५ प्रस्याङबाट पक्राउ परेका उनीहरू पोखरा महानगरपालिका–१५ टुटुङ्गा बस्ने वर्ष २९ को अर्जुन परियार, वडा नं.१० रङ्गशाला बस्ने २७ वर्षीय विकास अधिकारी र धादिङ घर भई हाल पोखरा महानगरपालिका–२ नाला मुख बस्ने २९ वर्षीय लोकेन्द्र बहादुर इटनी रहेका छन्।

उनीहरूको साथबाट एक थान लकर र एक थान झोला बरामद भएको छ। उनीहरूमाथि अनुसन्धान चलिरहेको प्रहरी उपरीक्षक शर्माले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP