Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

ईलाका प्रहरी कार्यालय गणेशपुरबाट मुद्धा दर्ता सञ्चालन हुने


कपिलवस्तु
कपिलवस्तु जिल्लाकै पछि परेको विजयनगर गाउँपालिकामा अवस्थित ईलाका प्रहरी कार्यालय गणेशपुरले मुद्धा दर्ता गर्ने कार्य गृहमन्त्रालयबाट स्वीकृती पाएको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरको स्थापना २०४५ सालमा भएको थियो ।
अहिले आएर विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापासहित वडा अध्यक्षहरु तथा गाउँ कार्यपालिका सदस्य लगायतको टोलीले ज्ञापन पत्र बुझाए लगतै मुद्धा दर्ता गर्ने प्रक्रिया स्वीकृत भएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनु भएको छ ।
गाउँपालिका अध्याक्ष गोपाल बहादुर थापाको विशेष पहलमा ज्ञापन पत्र बुझाईएको हो । विजयनगर गाउपालिका भित्रकै सबैैभन्दा विकट क्षेत्र जवाबैराठका जनता तथा बिजयनगरबासी नागरिकका समस्यालाई मध्यनजर गर्दै अध्यक्ष थापाले ज्ञापन पत्र बुझाउनु भएको थियो । जवाबैराठ लगायतका जनताले मुद्धा दर्ता गर्न २५÷३० किलो मिटर टाढाबाट कृष्णनगर जाने बाध्यता रही आएको थियो ।

सोही बमोजिम प्रहरी प्रधान कार्यालय एवम् अपराध अनुसन्धान विभागको मिति २०७६ भदौँ २३ गतेको पत्रको चलानी नं। १४९४ अनुसार मुद्धा दर्ता गर्न स्वीकृती दिएको प्रहरी निरिक्षक नेपालले बताउनु भएको छ । ईलाका प्रहरी कार्यालयले मुद्धाहरु हेर्ने काम मात्र गर्ने गथ्र्यो, दर्ता गर्नुपर्ने मुद्धाहरु कृष्णनगरमा दर्ता गर्नका लागि पठाउने हुँदा विजयनगरका नागरिकहरुलाई सास्ती खेप्नु परेको थियो ।

“अब मुद्धा हेर्ने र दर्ता गर्नुपर्ने मुद्धाहरु गणेशपुर कार्यालयमै हुन्छ, कृष्णनगर जान पर्दैन” नेपालले भन्नु भयो । अहिलेसम्म मुद्धा दर्ता प्रक्रिया कृष्णनगरले हेर्ने गरेको हुँदा धेरै समस्या झेल्दै आएका यहाँका जनताहरु अबको दिनदेखि सहजरुपमा मुद्धा सञ्चालन ईलाका प्रहरी कार्यालय गणेशपुरबाट गर्न पाउने भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP