Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

ढुंगा प्रहार गरी एकजनाको हत्या


कञ्चनपुर : कञ्चनपुरमा ढुङ्गा प्रहार गरी एक जनाको हत्या भएको छ। जिल्लाको बेलौरी नगरपालिका ६ विद्यानगरमा हिजो सेवा निवृत्त शिक्षक ६५ वर्षीय लच्छी चन्दको ढुङ्गा प्रहार गरी हत्या भएको हो। हत्याको आरोपमा प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका ४ बस्ने ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरेको छ। भण्डारीले विवाद गरि चन्दलाई मुख, टाउकोमा ढुङ्गाले हानेर हत्या गरेका हुन्। उनले प्रहरी समक्ष हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

बेलौरी बजारदेखि घर फर्कने क्रममा बुधबार बेलुका ८ बजेतिर घर नजिकै भण्डारीले चन्दमाथि ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रकाश डाँगीले जानकारी दिए। घटना लगत्तै घाइते भएका चन्दलाई श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पु¥याई थप उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो।

शिक्षक चन्दले बेलौरीको महाकाली माविमा लामो समय शिक्षण गरेका थिए। घटनाबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP