
काठमाडौँ : सरकारले यात्रा अनुमति प्राप्त नगरेका हातहतियार घरबाट बाहिर लैजान नपाउने निर्णय गरेको छ। यही जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले यात्रा इजाजत प्राप्त गरेका हातहतियार पनि तोकिएका क्षेत्रमा लैजान नपाउने निर्णय गरेको हो।
‘प्रचलित कानूनबमोजिम इजाजतपत्र प्राप्त गरेका यात्रा अनुमति प्राप्त नगरेका हातहतियारहरू इजाजत बाहकले घरबाहिर लैजान नपाउने तर यात्रा इजाजत प्राप्त गरेका हातहतियारसमेत तोकिएका स्थानमा लैजान नपाउने गरी निषेध गर्ने’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।
सर्वोच्च अदालतको आदेशानुसार मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो। विसं २०८० चैत ५ गते सर्वोच्च अदालत परिसरमा जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा जारी भएको इजाजतपत्र २२ बोर ए–३५४७५२ हतियार फेला परेको थियो।
उक्त हतियार मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकले बोकेका थिए। सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानुनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिए पनि देशभर लैजान पाउने गरी इजाजत नदिइएको भन्दै सर्वोच्चले उक्त विषयमा छानबिन गर्न र कानुन बनाउन आदेश दिएको थियो। सोही आधारमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो।
त्यस विषयमा यसअघि गृह मन्त्रालयले सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय अध्ययन तथा सिफारिस समिति गठन पनि गरेको थियो।
समितिले गृहमन्त्री लामिछानेलाई बुझाएको प्रतिवेदनमा व्यक्तिगत रुपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानुनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कारबाहीलगायत विषयमा सुझाव तथा सिफारिस गरेको थियो। सोही आधारमा गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले हातहतियारबारे निर्णय गरेको हो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया