Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

दाङमा सेनाका जवानले गरे खुकुरी प्रहार गरी पत्नीको हत्या


दाङ : दाङको तुलसीपुरमा सेनाका एक जवानले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेका छन्।

तुलसीपुर उपहानगरपालिका ६ बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया पत्नी टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान सवा ८ बजेतिर पत्नीको हत्यापछि सोही खुकुरी लिएर फरार भएका बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शुक्रबार बिहान सवा ८ बजेतिर पत्नीको हत्यापछि फरार रहेका आरोपित व्यक्ति खुकुरी हातमा समाएर गएको भन्ने सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

पत्नीले विवाहेत्तर सम्बन्ध राखेका कारण आवेगमा आई हत्या गरेको शालिकरामले प्रहरीसमक्ष प्रारम्भिक बयान दिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP