Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

सरकारी गाडीमा विद्यार्थीले गरे आगजनी


विराटनगर : कोशी प्रदेश योजना आयोगको गाडीमा विद्यार्थीहरुले आगजानी गरेका छन्। आइतबार महेन्द्रमोरङ क्याम्पसको गेट अगाडि विद्यार्थीको केही समूहले गाडी आगजानी गरेका हुन्।

गाडी रोकेर केही एक समूहले गाडीमा ढुंगामुडा गरेर र केही समयपछि गाडीमा आगजानी गरेका हुन्।

पछिल्लो समय रंगेली नगरपालिकामा तोडफोड गरेको र नगर प्रहरीमाथि आक्रमण गरेको अभियागमा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेर अभद्र व्यवाहारको मुद्दा चलाएको छ। सोही घटनालाई लिएर विद्यार्थीहरु आन्दोलित छन्। रंगेली नगरपालिकाको घटना विहिवार भएको विद्यार्थीहरुलाई मोरङ प्रहरीले शुक्रबार पक्राउ गरेका हुन्।

निजी विद्यालयहरुले मनपरी शुल्क असुलेको विषयमा नगरपालिकाले चासो नदिएको भन्दै नगरपालिका पुगेका विद्यार्थीहरुले तँहा तोडफोड गरेको प्रहरीको भनाइ छ।

प्रकाउ पर्नेमा रंगेली ६ का २३ वर्षीय राहुल यादव, रुकम यादव, रंगेली ७ का १९ वर्षीय विवेक झा, र रंगेली २ का मिलन मिश्रलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका विद्यार्थीहरुको रिहाइको माग गर्दै आन्दोलनरत विद्यार्थीहरुले सरकारी गाडी आगजनी गरेका हुन्। कुन विद्यार्थी संगठनले आगजानी गरेका हुन् भन्ने यकिन नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP