अर्घाखाँचीमा टिपर दुर्घटना, चालकको मृत्यु


काठमाडौं : अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७, देउरालीस्थित तम्घास भित्री सडकमा सोमबार राति करिब पौने १० बजेतिर ना ८ ख ६६४४ नम्बरको टिपर दुर्घटना भएको हो।

दुर्घटनामा टिपर चालक सन्धिखर्क नगरपालिका ८ खाँचीका २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको हो। उपचारका क्रममा गुल्मी अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शंकर पोखरेलले जानकारी दिए।

दुर्घटनामा दुईजना घाइते भएका छन्। सन्धिखर्क नगरपालिका- ७ का ३३ वर्षीय रिसभ केसी र शीतगंगा नगरपालिका- २ का २९ वर्षीय नविन घिमिरे घाइते भएका छन्। घाइते दुवै जनालाई लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरिएको छ।

घाइतेमध्ये केसी बोल्न नसक्ने र घिमिरे बोल्न सक्ने अवस्थामा छन् । दुर्घटना भएको टिपर सडकबाट करिब ७० तल खसेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP