Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

एक वर्षमा ६० करोड बढीको करेन्ट चाउचाउ विदेश निर्यात


काठमाडौं : करेन्ट चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्स प्रालिले एक वर्षमा ६० करोड रुपैयाँ भन्दा बढीको उत्पादन विदेश निर्यात गरिएको जनाएको छ।

कम्पनीले आफ्ना उत्पादनहरू भारत, जापान, युएई, बहराईन, न्यूजिल्याण्ड, अमेरिका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानाडा, इटाली लगायतका देशहरूमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएको र विदेशमा समेत नेपाली उत्पादनले ख्याती कमाएको स्पष्ट पारेको छ।

यशोदा फुड्सका उत्पादनहरू प्रयोगशाला परीक्षण गराई नेपाल सरकारले जारी गरेको खाद्य सुरक्षा मापदण्ड बमोजिम उत्पादन भएको कम्पनीको भनाई छ।

कम्पनीले उद्योगलाई बदनाम गराउन प्रायोजित रुपमा हुँदै नभएको विषयलाई अतिरञ्जित तरिकाले प्रमाण बिना भ्रामक समाचार तयार गरी प्रसारण गरिएको भन्दै त्यसप्रति कम्पनी सजग रहेको बताएको छ।

‘हालैका दिनमा केही व्यक्तिहरुले सामाजिक सञ्जालको दूरुपयोग गरी कपोलकल्पीत समाचार बनाएको पाइएको प्रति उद्योगको गम्भीर ध्यानाकर्षण भएको छ’ कम्पनीले विज्ञप्तिमार्फत भनेको छ, ‘यस्ता मनोगढंत, कपोलकल्पित र काल्पनिक कुराहरूको पछाडि नलागि यस उद्योगका उत्पादनह’को उत्पादन मिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्नुहुन र बजारमा म्याद समाप्त भएका अर्थात् उपभोग मिति समाप्त भएका उत्पादन प्रयोग नगर्न समेत सादर अपिल गर्दछौँ।’

कम्पनीले आफ्नै देशमा नेपाली किसानहरूबाट उत्पादित अकवरे खुर्सानी, गुन्दु्रक, तामा, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदा लगायतका विभिन्न कृषि उपज प्रयोग गरी नेपालमा नै अन्तर्राष्ट्रियस्तरको स्वादिलो चाउचाउ लगायतका विभिन्न स्न्याक्सहरु उत्पादन गरी ठूलो धनराशी विदेश जानबाट रोकेको बताएको छ।

साथै, करीब १ हजार नेपालीलाई प्रत्येक्ष रुपमा तथा सयौं डिलर बिक्रेता मार्फत अन्य हजारौं नेपालीहरूलाई रोजगारी दिलाउन सफल भएको पनि स्मरण गराएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP