Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

गर्भकै शिशु बेचिने गरेको खुलासा

काठमाडौं

मानव बेचविखनको स्वरुपमा बदलाव देखिँदै गएको छ ।
विगतमा प्रेमको नाममा होस् या पैसाको, अनेक आशा र प्रलोभनमा मानव बेचविखन हुँदै आएको थियो ।
तर, केही समययता भने गर्भकै शिशुको मोलमोलाइ हुने र उनीहरुलाई बेचिने गरेको खुलासा भएको छ ।
रोहिणी , डेढ महिनाकी अवोध बालिकालाई के थाहा उनी बेचिएकी थिइन् भनेर , त्यो पनि गर्भमै ।
१४ वर्षको उमेरमै कसैसँग प्रेममा परेपछि एक किशोरीले उनलाई जन्माएकी हुन् । तर, उनी प्रेमको निशानी बन्न सकिनन् । किनकि, जुन सम्बन्धपछि उनी जन्मदै थिइन्, त्यो सामाजिकरुपले अबैध थियो।
प्रेम गरेको अभिनय गर्ने युवकले गर्भवती बनाएर फरार भएपछि किशोरी नेपाल बाल संगठनको शरणमा पुगेकी थिइन् । बाल संगठनका प्रमुख बालकृष्ण डंगोलले ती किशोरीलाई सुरक्षितरुपले बच्चा जन्माउन सहयोग गर्ने आश्वासन दिए । अनि, पुर्याए काठमाडौं, कलंकीको सन्जीवनी बर्थ सेन्टरमा ।
त्यहीँ गत साउन १२ गते रोहिणीको जन्म भयो । किशोरीको बाध्यताको फाइदा उठाउँदै बाल संगठन प्रमुखले रोहिणीलाई गर्भमै एक बेलायती महिला डोना स्मिथलाई बेचिसकेका थिए ।
स्मिथ पासपोर्ट बनाउन अध्यागमन विभाग पुग्दा कर्मचारीले शंका लागेर प्रहरीलाई खबर गरेपछि प्रहरीले रोहिणीलाई उद्धार गरेर कान्ति बाल अस्पतालको सघनकक्षमा भर्ना गरेको थियो ।
२३ दिनसम्म कान्तिमै राखिएपछि रोहिणीलाई बालबालिका खोजतलास समन्वय केन्द्रको जिम्मा लगाइयो ।
अहिले उनलाई ललितपुरको धोवीघाटमा रहेको नवकिरण अनाथ असहाय बाल उत्थान समाजमा राखिएको खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए ।
बाल उत्थान समाजमै उनको नवारन गरेर रोहिणी नाम राखिएको हो । नवजात शिशु भएको र स्याहार गर्ने व्यक्तिको पनि अभाव भएकाले सुरुमा बालगृहले राख्न आनाकानी गरेको थियो ।
बालगृहकी सन्चालिका सावित्री पोखेरेलले आफूले बच्चाको राम्रोसँग स्याहार–सुसार गरिरहेको जानकारी दिइन् ।
स्वास्थ्यमा समस्या देखिएपछि बालिकाको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ ।
गर्भमै बेचिएको यो घटनाले मानव बेचविखनको जालो समाजमा कति गहिरो हुँदै गएको छ भन्ने देखाएको छ ।
बालिका बेचविखनको आरोपमा डंगोल र स्मिथ अहिले पुर्पक्षका लागि थुनामा छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP