Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

कास्की प्रहरीद्वारा एक महिनामा एक सय २९ जना फरार प्रतिवादीहरू पक्राउ


पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनाको अवधिमा एक सय २९ जना फरार प्रतिवादीहरू पक्राउ गरेर अदालतमा पेस गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माका अनुसार गत असार एक गतेदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरू पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरू समेतबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरू पक्राउ परेका हुन्।

उनीहरूबाट नौ वर्ष सात महिना १० दिन कैद सजाय र दुई करोड ९० लाख तीन हजार सात सय ८३ रुपैयाँ असुल गर्नको लागि कास्की जिल्ला अदालतमा पेस गरिएको छ। पक्राउ परेकाहरू अन्तर्गत चेक अनादरमा ३३ जना, बैङ्किङ कसुरमा छ जना, वन पैदावार (काठ) को अनियमित निकासीका दुई जना, घरेलु हिंसाका एक जना, बिगोका पाँच जना, सवारी ज्यानका एक जना रहेका छन्।

यस्तै नकबजनी चोरीका छ जना, अभद्र व्यवहारका चार जना, लागूऔषधका पाँच जना, साधारण चोरीका दुई जना, केही सार्वजनिक अपराधका १३ जना, जुवाताका नौ जना, ज्यान मार्ने उद्योगका एक जना, पशुपक्षी सम्बन्धी कसुरका छ जना, सम्बन्ध विच्छेदका १८ जना, नाता कायमका पाँच जना, जालसाजीका पाँच जना, झुट्टा बखपत्र गरेको दुई जना, कुटपिटका एक जना र लेनदेनका चार जना रहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP