Trending
राजनीति प्रविधिका उद्यमी र विज्ञसँग प्रधानमन्त्री : घरबाटै एकै दिनमा कम्पनी र भ्याट दर्ता गराउन सकिने राजनीति सप्तकोशीको कटान रोक्न अस्थायी र दीर्घकालीन योजना तयार गछौँ : गृहमन्त्री लेखक स्वास्थ्य बिरामीको चाप घटाउन मन्त्री पौडेलले गरे सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव समाज टेलिभिजनहरूको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी राजनीति देउवासँग एनआरएनए अध्यक्ष केसीको गुनासो राजनीति प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ राजनीति कांग्रेस‚ माओवादी र रास्वपा सांसदले मागे लेखा समिति सभापति पोखरेलको राजीनामा राजनीति संविधान बमोजिम आएको अध्यादेश कसरी अलोकतान्त्रिक भयो ? : गोकुल बास्कोटा राजनीति मधेश सरकारद्वारा स्थानीय तहको कानून तर्जुमासम्बन्धी छलफल शुरु राजनीति एमाले सचिवालय बैठक दिउँसो ४ बजे बस्दै

अमेरिकामा विमान दुर्घटना‚ मृतकको संख्या अज्ञात


वासिङटन : अमेरिकाको व्योमिङको जंगल क्षेत्रमा विमान दुर्घटना भएको छ। दुर्घटनाका कारण जिलेट नगर नजिकै फैलिएको १० एकडको जंगलमा आगो लागेको छ।

क्याम्पबेल काउन्टीका अधिकारीले सोशल मीडियामार्फत उक्त दुर्घटनाको जानकारी दिएका छन्। दुर्घटना जिलेट नगर नजिकै स्थानीय समय शुक्रवार दिउँसो १ बजे भएको थियो।

क्याम्पबेल काउन्टी अन्डरशेरिफ क्वेन्टिन रेनल्ड्सले दुर्घटना हुनुपूर्व विमानका चालकले विमानमा गडबडी भएकाले आपत्‌को अवस्थामा रहेको जानकारी दिएका थिए। विमान चालकबाट सूचना आएलगत्तै विमान दुर्घटनामा परेको थियो। विमान करिब १० हजार फिटको उचाइमा रहेका वेला दुर्घटनाग्रस्त भएको थियो।

दुर्घटनास्थल नजिकै धुवाँको मुस्लो देखेपछि स्थानीय बासिन्दाले फोनमार्फत प्रशासनलाई जानकारी दिएका थिए। अधिकारीहरूले विमान दुर्घटनाका कारण जंगलमा भीषण आगलागी भएको बताएका छन्।

उद्धारकर्ता दुर्घटनास्थलमा स्थानीय समय शुक्रवार साँझसम्म पुगेका थिएनन्। शनिवार उनीहरू पुग्ने अपेक्षा गरिएको छ।

विमानमा चढेका यात्रीका बारेमा कुनै जानकारी उपलब्ध हुन सकेको छैन। सबै यात्री मरेको आशंका गरिएको छ।

कैयौँ मीडियाले विमानमा ७ जना रहेको दावी गरेका छन्। विमानले नेब्रास्कामा इन्धन भरेको थियो। नेब्रास्का सिटी एयरपोर्टका व्यवस्थापकले उक्त विमानमा २०० ग्यालेन इन्धन भरेको जानकारी दिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP