Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

अरूको नाममा परीक्षा दिने पाँचजना पक्राउ


काठमाडौं : अरूको नामबाट निशुल्क छात्रवृत्ति परीक्षामा सहभागी पाँचजना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रण्मा लिएको छ। हेटौंडास्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित परीक्षा केन्द्रमा सानोठिमी भक्तपुरद्धारा सञ्चालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत निशुल्क छात्रवृत्ति परीक्षामा सहभागी चार जना र सिद्धार्थ माध्यमिक विद्यालयबाट परीक्षा दिँदै गरेका एक जना पक्राउ परेका मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

उनका अनुसार भुटनदेवी स्कुलमा रौतहटका असाब आलमको ठाउँमा परीक्षा दिँदै गरेका नरेन्द्र महतो, चितवनको निमेश राय यादवको ठाउँमा परीक्षा दिएका रुपेश यादव, सिराहाका ललन कुमार यादवको ठाउँमा परीक्षा दिने सर्लाहीका राजीव कुमार राउत र सर्लाहीका सुनिल महतोको ठाउँमा परीक्षा दिने रौतहटका लालबाबु सहनीलाई नियन्त्रणमा लिइएको हो।

यस्तै, सिद्धार्थ माध्यमिक विद्यालय परीक्षा केन्द्रमा बाराका राकेश कुमार ठाकुरको नाममा परीक्षा दिइरहेका धनुषाका रमेश यादव पनि समातिएका छन्। परीक्षा दिइरहेका उनीहरु परीक्षा निरीक्षकले चेकजाँच गर्दा नक्कली परीक्षार्थी भएको खुल्न आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP