Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

डेंगी संक्रमितको संख्या चार हजार नाघ्यो, हैजा संक्रमित ५८ जना


काठमाडौँ : डेंगी संक्रमितको संख्या देशभर ४ हजार नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार अगस्ट १९ सम्म देशका ७४ जिल्लामा ४ हजार ९७ जनामा डेंगी पुष्टि भएको छ। इडिसिडीको पछिल्लो विवरणअनुसार हाल सबैभन्दा धेरै संक्रमित तनहुँ जिल्लामा रहेका छन्।

तनहुँमा हाल ७८१ जनामा डेंगी पुष्टि भएको छ। त्यसैगरी दोस्रोमा काठमाडौंमा ३८० त्यसपछि क्रमशः कास्कीमा ३५१, पर्वतमा १७७ र चितवनमा १५७ जनामा डेंगी पुष्टि भएको छ। हुम्ला, जुम्ला र मनाङबाहेका देशका सबै जिल्लामा डेंगी देखिएको छ। यो वर्ष हालसम्म डेंगीबाट २ जनाको मृत्यु भएको इडिसिडीले जनाएको छ।

हैजा संक्रमित ५८ जना पुगे

डेंगी संक्रमित तीव्र रूपमा फैलिरहेको समयमा यो हप्ता हैजाका संक्रमित पनि थपिएका छन्। इडिसिडीको विवरणअनुसार हाल हैजाका संक्रमितको संख्या ५८ पुगेको छ। पछिल्लो हप्ता काठमाडौंमा ३ जना हैजा संक्रमित भेटिएका छन्।

तीमध्ये २ जना अस्पताल भर्ना भएका छन्। यो वर्ष अहिलेसम्म ललितपुरमा ४१ जना, कैलालीमा ८ जना, काठमाडौंमा ७ जना र प्यूठानमा २ जनामा हैजाको जीवाणु पाइएको छ। सोमबार मात्र काठमाडौंमा थप तीनजनामा हैजाको जीवाणु पुष्टि भएको हो। हैजाका कारण हालसम्म कसैको मृत्यु भएको छैन।

अघिल्लो वर्ष हैजाका विरामी यसरी देखिएको थिएन तर यो वर्ष ह्वात्तै बढेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजा नियन्त्रण तथा रोकथामका लागि देशभरका प्रभावित क्षेत्रहरूमा हैजाको प्रकोपलाई नियन्त्रण गर्न विभिन्न उपाय अपनाउँदै आएको छ।

डेंगीसँगै यो वर्ष हैजाका विरामी पनि देखा परेका छन्। विगतका वर्षमा हैजा संक्रमण देखिएका ठाउँमा डेंगी संक्रमण कम हुने भए पनि यो वर्ष काठमाडौं उपत्यकामा हैजा र डेंगी सँगसँगै देखिन थालेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP