Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

हैजा संक्रमित ७८ पुगे, एकजना डेंगु संक्रमितको मृत्यु


काठमाडौँ : काठमाडौंमा थप ३ जना हैजा संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार पछिल्लो समय काठमाडौँमा २ र ललितपुरमा एकजना हैजा संक्रमित भेटिएका हुन्। योसँगै देशभर हैजा संक्रमितको संख्या ७८ जना पुगेको छ।

यो वर्ष अहिलेसम्म ललितपुरमा ५१ जना, कैलालीमा ८ जना, काठमाडौँमा १२ जना र प्यूठानमा २ जना, मकवानपुरमा एक र रोल्पामा ४ जना हैजा संक्रमित भेटिएका छन्। योसँगै यो वर्ष ६ वटा जिल्लामा हैजा संक्रमित भेटिएका छन् तर हैजाका कारण हालसम्म यो वर्ष कसैको मृत्यु भएको छैन। हाल १ जना संक्रमित अस्पतालमा भर्ना भएर उपचार गराइरहेको इडिसिडीले जनाएको छ।

यस्तै डेंगु संक्रमितको संख्या पनि बढेको छ। इडिसिडीका अनुसार हाल देशभर डेंगु संक्रमितको संख्या ६ हजार ८३१ जना पुगेको छ। यही भदौ १५ गतेसम्म देशभर ६ हजार ३४७ जना डेंगु संक्रमित थिए। यस्तै पछिल्लो समय एकजना डेंगु संक्रमितको मृत्यु भएको छ। योसँगै यो वर्ष डेंगुबाट मृत्यु हुनेको संख्या ४ जना पुगेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP