Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ


पर्वत : श्रीमतीको घाँटी र पेटमा खुकुरी प्रहार गरी हत्या गर्ने एकजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई हाल पोखरा महानगरपालिका–८ कुँवर टोलमा डेरामा बस्दै आएका ४२ वर्षीय जहरसिंह कुँवर छन्।

कास्की प्रहरीका अनुसार मङ्गलबार राति करिब १२ बजेर १० मिनेटको सयमा डेरामा सँगै रहेकी श्रीमती ४० वर्षीया राधिका कुँवरमाथि जहरसिंहले खुकुरी प्रहार गरेका थिए। सामान्य विवादकै क्रममा उनले श्रीमतीको घाँटी र पेटमा खुकुरी प्रहार गरेपछि राधिका गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको लागि तत्कालै पश्चिम क्षेत्रीय अस्पताल पोखरामा पठाइएको भए पनि चेकजाँचका क्रममा चिकित्सकले राधिकालाई मृत घोषणा गरेका थिए।

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले जहरसिंहलाई खुकुरीसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। उनीहरूको सन्तानका रूपमा एक छोरा रहेको बुझिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP