Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

स्वास्थ्यमन्त्रीले बुझेनन् बीमा बोर्ड अध्यक्ष डा. लोहनीको राजीनामापत्र, मन्त्रिपरिषद्‍ पठाइने


काठमाडौँ : स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बुझाएको राजीनामापत्र एक हप्तादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा थन्किएर बसेको छ।

स्वास्थ्य मन्त्रालयबाट बीमा कार्यक्रमलाई आवश्यक सहयोग नगरेको भन्दै बोर्डका अध्यक्ष डा. लोहनीले गत भदौ २८ गते स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सचिवालयमा राजीनामापत्र बुझाएका थिए।

मन्त्री पौडेलले डा. लोहनीको राजीनामापत्र अहिलेसम्म नबुझेकाले अब मन्त्रालयले आफ्नै तरिकाले मन्त्रिपरिषद् पठाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

‘उहाँले सिधै मन्त्रीज्यूको हातमा भन्दा सचिवालयमा राजीनामापत्र दिएर जानुभयो, उहाँले छाडेको राजीनामा अहिलेसम्म मन्त्रीज्यूले हेर्नु भएको छैन तर हामीले मन्त्रालयले राजीनामापत्र मन्त्रिपरिषद्‍मा लैजाने प्रक्रिया भने हामीले अघि बढाएका छौँ’, डा बुढाथोकीले भने।

अस्पतालहरूले बीमामार्फत सेवा दिएबापत तिर्न बाँकी दावी भुक्तानीका लागि पैसा नभएको भन्दै स्वास्थ्य बीमा बोर्डले सरकारसँग यस आर्थिक वर्षको एकमुष्ठ अनुदान माग गरेको थियो। सो विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री र मन्त्रालय सकारात्मक नभएपछि राजीनामा दिएको उनले यसअघि नै बताइसकेका छन्।

स्वास्थ्य मन्त्रालयका पूर्वअतिरिक्त स्वास्थ्य सचिवसमेत रहेका डा. लोहनीलाई १३ मंसिर २०८० मा बसेको मन्त्रिपरिषद् बैठकले बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो तर कार्यकाल अझै तीन वर्षभन्दा बढी समय बाँकी छँदै उनले राजीनामा बुझाएका हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP