Trending
समाज फेल भएपछि शान्ता चौधरीले भनिन् – अंग्रेजी र आरडी विषयले दिमाग खराब गर्‍याे आर्थिक लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै समाज भक्तपुरमा छतबाट खसेर एक जनाको मृत्यु समाज पर्वतका ६० ठाउँमा आगलागी : १४ सय हेक्टर वन सखाप राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित

सांसद छन्त्यालको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधनका कारण कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित भएको हो ।

हिजोको बैठक बुधबार बिहान ११ बजे फेरि बस्ने गरी स्थगित गरिएको थियो । बुधबार बिहान नेतृ छन्त्यालको निधनका कारण बैठक अनिश्चित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँले नेतृ छन्त्यालको दाहसंस्कारपछि दिउँसो बैठक बस्न सक्ने जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सांसद छन्त्यालको उपचारका क्रममा बुधबार ५२ वर्षको उमेरमा सहिद गंगालाल हृदय रोग केन्द्रमा निधन भएको हो । अघिल्लो आइतबार मुटुको तीनवटा भल्ब ब्लक भएपछि छन्त्यालको मुटुको शल्यक्रिया गरिएको थियो ।

मुटुमा समस्या देखिएपछि प्रतिनिधिसभाको नयाँ नक्सा निशान छापमा समावेश गर्नेसम्बन्धी बैठकमा छन्त्याल अनुपस्थित रहनुभएको थियो । उहाँ अल्पसंख्यक समुदाय (छन्त्याल) बाट कांग्रेसकातर्फबाट समानुपातिक सांसद हुनुभएको थियो । उहाँ २०७० सालको संविधानसभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो ।

यसैबीच कांग्रेस संसदीय दलले छन्त्यालको निधनमा गहिरो दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदन प्रकट गरेको छ । प्रमुख सचेतक बालकृष्ण खाणले शोक वक्तव्य जारी गर्दै छन्त्याल राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक क्षेत्र र ग्रामीण विकासका कार्यहरुमा सक्रिय रहँदै आउनुभएको र उहाँको निधनले राष्ट्र र नेपाली कांग्रेसलाई अपुरणनीय क्षति पुगेको बताउनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP