Trending
राजनीति अपहरणको आरोपमा पाँच जना पक्राउ राजनीति मनमोहन अधिकारी अविचलित कम्युनिष्ट आन्दोलनको पर्याय : ईश्वर पोखरेल राजनीति दलमा आबद्ध शिक्षकलाई कारवाही गर्न शिक्षामन्त्रीले मागिन् निर्वाचन आयोगसँग विवरण राजनीति कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै राजनीति मनमोहन अधिकारीको २५औँ स्मृति दिवस आज समाज बाँकेका किसान चैते धानप्रति आकर्षित समाज ट्र्याक्टरबाट खसेर एकजनाको मृत्यु समाज वनमा लागेको डढेलो गाउँ फैलिँदा १३ घर खरानी अन्तर्राष्ट्रिय पत्नीलाई मुद्दा परेपछि स्पेनका प्रधानमन्त्रीले स्थगन गरे सार्वजनिक जिम्मेवारी राजनीति अहिलेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त हैन : पूर्वराष्ट्रपति भण्डारी

रोटा भाइरसविरुद्धको खोप आजदेखि प्रयोगमा

काठमाण्डाै – रोटा भाइरस विरुद्धको खोप नेपालमा आजदेखि प्रयोगमा आउने भएको छ ।

ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन गाभीको सहयोगमा नेपाल ल्याइएको खोप आजदेखि प्रयोगमा आउने परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डा. झलक गौतमले बताउनुभयो ।

पहिलो चरणमा ३ लाख २४ हजार भाइल खोप नेपाल भित्रिएको छ । बिस्तारै आवश्यकता अनुसार अरु खोप पनि नेपाल भित्राउने उहाँले बताउनुभयो ।  यो खोप देशव्यापी रुपमा प्रयोगमा ल्याइने उहाँले बताउनुभयो ।

केन्द्रबाट प्रदेशमा खोप पठाइसकिएको र प्रदेशले आफू मातहतका जिल्लामा  आवश्यकता अनुसार पठाउने उहाँले बताउनुभयो ।  जिल्लाले आफ्नो नियमित खोप तालिका अनुसार एक वर्ष मुनिका बालबालिकालाई खोप दिनेछन् ।

एक वर्ष मुनिका ६ लाख २० हजार बालबालिकालाई खोप दिइने डा। गौतमले जानकारी दिनुभयो । रोटा भाइरसका कारण हुने झाडापखालाका विरुद्ध यो खोप दिन लागिएको हो । यो खोप बच्चा जन्मेको ६ हप्तामा र १० हप्तामा गरी दुई पटक दिने गरिन्छ ।

यो खोप जेठ महिनादेखि सुरु गर्ने सरकारको योजना भए पनि कोरोना महामारीका कारण ढिलाई भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP