Trending
समाज द्वन्द्वपीडितको परिचयपत्रले सिंहदरबार प्रवेश गर्न पाइने flash वर्षाले धान बालीमा भएको क्षतिपूर्तिको माग गर्दै विजयनगरका कृषकले बुझाए ज्ञापन पत्र अन्तर्राष्ट्रिय अमेरिकाले साढे ५५ हजार अफगानीलाई स्थायी पुनर्वासको व्यवस्था गर्ने समाज दसौँ एसियन भैँसी सम्मेलन आजदेखि राजनीति सर्वोच्चको ‘फुल कोर्ट’ आज, १४ न्यायाधीशको बहिष्कार अन्तर्राष्ट्रिय लागुऔषध तस्कर उसागालाई अमेरिका पठाइने समाज आज दिउँसो वर्षाको सम्भावना‚ उच्च पहाडी र हिमाली भेगमा हिमपात समाज ‘नेपालमा प्रयोग भएका सबै खोप गर्भवतीले लगाउन मिल्छ’ समाज बर्दियाका बाढीपीडितले अझै पाएनन् राहत राजनीति सरकार-नेकपा ‘विप्लव’ समूहबीच वार्ता

शेयर बजार घट्याे, पटक–पटकको सर्किट ब्रेकपछि कारोबार बन्द

काठमाण्डाै – बिहीबार ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ । 

काठमाण्डौ – बजार खुलेको एक घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात् ८० दशमलव ४१ अङ्कले घटेर नेप्से एक हजार दुई सय ५६ दशमलव ११ अङ्कमा बन्द भएको हो । सेन्सेटिभ परिसूचक पनि ६ दशमलव २७ प्रतिशत अर्थात् १७ दशमलव ९९ अङ्कले घटेर २ सय ६९ दशमलव ०३ अङ्कमा बन्द भएको छ । आज एक सय ४२ कम्पनीको ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँ बराबरको एक लाख ६१ हजार आठ सय ९० कित्ता शेयर खरिद बिक्री भएको छ ।

बजार खुलेको तीन मिनेटसम्म केही बढेको नेप्से त्यसपछि लगातार घट्दै ११ बजेर २३ मिनेटमा पहिलो सर्किट लागेको थियो । त्यसपछि २० मिनेटका लागि कारोबार बन्द भएको थियो । दोस्रो पटक खुलेको बजारमा ११ बजेर ४७ मिनेट जाँदा फेरि ५ प्रतिशतले नेप्से घटेपछि दोस्रो पटक पुनः सर्किट ब्रेक लागेको थियो । फेरि १२ बजेर २८ मिनेटमा खुलेको बजार १२ बजेर ४० मिनेटमा पुग्दा ६ प्रतिशतले घटेपछि आजका लागि कारोबार बन्द भएको हो । 

सोमबारदेखि खुलेको बजार सोमबार केही अङ्कले घटेको थियो भने मङ्गलबार र बुधबार बढ्दो क्रममा सर्किट लागेर कारोबार बन्द भएको थियो । तर बिहीबार भने लगातार घट्दो क्रममा तीन पटक सर्किट लागेर आजका लागि कारोबार बन्द भएको छ ।

बजारमा कारोबारमा आएका समूहमध्ये म्युचल फण्डबाहेकका सबै समूहका सूचकहरु घटेका थिए । बैंकिङ समूह ७ दशमलव ४३ प्रतिशतले घटेको छ । जीवन बीमा ७ दशमलव ६७ प्रतिशत घटेको छ । होटल समूहमा भने सबैभन्दा धेरै ८ दशमलव ६९ प्रतिशतले गिरावट आएको छ । सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यी दुवै कम्पनीको ६ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

बजार घटे पनि स्वाबलम्बन लघुवित्त वित्तीय संस्थालगायतका कम्पनीका शेयरधनीले कमाएका छन् । स्वाबलम्बन लघुवित्तका शेयरधनीले आज ८ प्रतिशतले कमाएका छन् । सोल्टी होटल, प्रभु बैंक, हिमालयन डिस्टिलरी, लाइफ इन्स्योरेन्स कम्पनी, ग्लोबल आइएमई बैंकलगायतका कम्पनीका शेयरधनीले ९ प्रतिशतमाथि गुमाएका छन् । जसमध्ये सोल्टी होटलका शेयरधनीले १० प्रतिशतले गुमाएका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP