
काठमाडौं : अबदेखि अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा उपचारको क्रममा प्रयोग गरिने औषधी बाहेकका प्रविधिजन्य स्वास्थ्य सामग्रीहरु अनिवार्य रुपमा दर्ता हुनुपर्ने भएको छ।
हालै मात्र औषधी व्यवस्था विभागले औषधी बाहेकका प्रविधिजन्य स्वास्थ्य सामाग्रीहरु अनिवार्य रुपमा दर्ता हुनुपर्ने निर्णय गरेको हो।
स्वास्थ्य उपचारमा प्रत्यक्ष रुपमा प्रयोगमा आउने प्रविधिजन्य स्वास्थ्य सामग्री गुणस्तर र मूल्यको यकिन गर्ने मुख्य उद्देश्यका साथ ६ वर्ष अघि सरकारले प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका, २०७४ ल्याएको थियो। तर, त्यसको कार्यान्वयन अहिलेसम्म हुन सकेको थिएन तर अहिले आएर विभागले उक्त निर्देशिका कार्यन्वयनमा ल्याएको विभागका महानिर्देशक नारायण ढकालले जनाएका छन्।
‘उपचारको क्रममा प्रयोग गरिने औषधी बाहेकका प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणहरु उत्पादन तथा व्यावसाय गर्नेले तीन महिनाभित्र विभागमा आएर दर्ता गरिसक्नु छ’ महानिर्देशक ढकालले भनेका छन्।
योसँगै अबदेखि अस्पतालहरुमा बिरामीको उपचारको क्रममा प्रयोग गरिने सिरिन्ज, स्टेथेस्कोप,ब्लड कलेक्सन ट्युव ब्याग मुटुको उपचारमा प्रयोग गरिने पेसमेकरहरु अनिवार्य विभागमा दर्ता गर्नुपर्ने भएको हो।
विशेषगरी यस्ता स्वास्थ्य उपकरणजन्य सामग्री अहिले दर्ता नै नगरी जथाभावी ल्याएर प्रयोग गर्दा गुणस्तरीयताको प्रश्न उठ्दै आएको थियो।
यति मात्रै होइन दर्ता नभएको हुँदा अनुदान र सहयोगमा आउने कतिपय यस्ता सामग्रीको गुणस्तरीयता नै मापन गर्न नसकिने अवस्था भएको हुँदा विभागले यस्ता औषधीजन्य प्रविधियुक्त सामग्रीको पनि दर्ता गर्नुपर्ने भन्दै निर्देशिका बनाए पनि कार्यान्वयन हुन सकेको थिएन।
विदेशबाट भित्र्याएका उपकरणहरु ब्राण्डेड हो कि सेकेण्ड ह्याण्ड हो भनेर छुट्याउनसमेत सकिने अवस्था थिएन।
तर यस्ता स्वास्थ्य सामग्री आयात र बिक्री वितरण गर्नेहरुले अब तीन महिना भित्र दर्ता गरिसक्नु पर्ने विभागले जनाएको छ।
यस विषयमा विभागले पनि जारी गरिएको एक सूचनामा भनिएको छ, ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणहरुको बिक्री वितरण गर्दै आएका वा चाहने व्यक्तिहरुले योक वा खुद्रा फर्म यस विभागमा दर्ता गर्नु/गराउनु हुन यो सूचना प्रकाशित भएको मितिबाट ३ महिनाभित्र विभागबाट तोकिएको कागजातहरु सहित निवेदन दिनु हुन मिति २०८१/०७/२३ को विभागीय निर्णयानुसार सम्बन्धित सरोकारवालाहरु सबैमा जानकारी गराइन्छ।’
यस्तै विभागले सौन्दर्य प्रसाधन सामग्रीहरुमा पनि यो नियम लागू गरिने र यस सम्बन्धमा दर्ता प्रकियाको लागि पछि छुटै सूचना जारी गरिने जनाएको छ।
यो निर्देशिका तत्कालीन समयमा प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल प्रचण्ड र स्वास्थ्य मन्त्री गगत थापा रहेको समयमा ०७४ सालमा तयार गरिएको थियो त्यस समयमा ०७४ साल वैशाख २५ गते बसेको मन्त्रिपरिषद्को बैठकमा पेस भएको थियो। त्यसै दिनको बैठकले मन्त्रिपरिषद्को विधयेक समितिमा पठाउने निर्णय गरेको थियो।
सो समितिले १९ जेठमा निर्देशिका पारित भएको पत्र स्वास्थ्य मन्त्रालयमा पठाएको थियो। यो निर्देशिका त्यसपछिको तीन महिनामा कार्यान्वयनमा आउने भनिएको भए पनि हालसम्म कार्यान्वयनमा आएको थिएन।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया