Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

रुकुम पश्चिममा पीसीआर परीक्षण सुरु

रुकुम पश्चिम – रुकुम पश्चिममा पहिलो पटक कोराना परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ । चौरजहारी नगरपालिकाले वडा नम्बर २ को जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा बुधबारबाट कोरोना परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएकाे हाे । 

जनताको स्वास्थ्यलाई प्राथमिक महत्त्व दिएर स्थानीयस्तरमै प्रयोगशाला मेसिन सञ्चालन गरिएको प्रदेश सांसद गोपाल शर्माले बताउनुभयो । सांसद शर्माका अनुसार, अब स्वाब सङ्कलनको नतिजा हप्तौँ कुर्नुपर्ने र शङ्काकैबीच जनता त्रासमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो । 

बुधबार बेलुका प्रयोगशालामा जडान गरिएको मेसिनबाट पहिलो पटक परीक्षण गरिएका सबैको कोरोना सङ्क्रमणको नतिजा नेगेटिभ आएको नगरपालिकाका प्रमुख विशाल शर्माले बताउनुभयो ।

केन्द्र, प्रदेश र रुकुम पश्चिमका सबै पालिकाको पहलमा पीसीआर मेसिन जडानपछि प्रयोगशाला सञ्चालनमा ल्याइएको प्रमुख शर्माले जनाउनुभयो । कोरोना सङ्क्रमण भए/नभएको पत्ता लगाउन सङ्कलन गरिएको स्वाब सुर्खेत, जुम्लालगायतमा रहेको प्रयोगशालामा पठाउँदा धेरै दिन कुर्नुपर्ने बाध्यता हटाउन चौरजहारीमै प्रयोगशाला स्थापना गरिएको नगरप्रमुख शर्माले भनाइ छ । 

पहिलो पटक पीसीआर विधिबाट गरिएको परीक्षणमा स्थानीय डण्डप्रसाद शर्मा, राजेन्द्र शर्मा, निरज शर्मा र निरञ्जन सत्यालको रिपोर्ट नेगेटिभ आएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसी जानकारी दिनुभयो । 

अधिकृत केसीले चौरजहारीमा पीसीआर परीक्षण प्रयोगशालाको सफल परीक्षणका भएको र अब यहीँबाट परीक्षण भइ र रिपोर्ट छिटो आउने बताउनुभयो । मेसिन खरिद र प्रयोगशाला सञ्चालनका लागि पूर्वमन्त्री तथा सङ्घीय सांसद जनार्दन शर्मा, प्रदेश सांसद गोपाल शर्माले विशेष पहल गर्नुभएको चौरजहारी नगरपालिकाले जनाएको छ । 

मेसिन जडान र परीक्षणको काममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा. निरेश थापा, निर्देशक धर्मराज गोसाईँ र प्रयोगशाला प्रमुख विवेक पुनलगायतको टिमले महत्वपूर्ण सहयोग गरेको नगरपालिकाले उल्लेख गरेको छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP