Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

वीरगञ्जको सुक्खा बन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो

वीरगञ्ज : वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको चार महिनामा रु. १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व संकलन गरेको छ।

कार्यालयले चार महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको २७.५७ प्रतिशत राजस्व संकलन गरेको हो। सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व संकलन पनि घटेको उल्लेख गरे।

चालू आवको साउनमा रु. तीन अर्ब ७५ करोड, भदौमा रु. चार अर्ब ६४ करोड, असोजमा रु. चार अर्ब ३६ करोड र कात्तिकमा तीन अर्ब ७९ करोड राजस्व संकलन भएको भन्सार अधिकृत बरुवालले जानकारी दिए।

कार्यालयले गत आवको चार महिनामा रु. १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार राजस्व संकलन गरेको थियो। गत आवको चार महिनाको तुलनामा चालू आवको सोही अवधिमा रु. २० करोड चार लाख ५६ हजारले राजस्व संकलनमा कमी आएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP