उपचारत पराजुलीलाई पर्वत समाज जापानद्दारा सहयोग रक़म हस्तान्तरण

टोकियो

जटिल रोग मध्येको एक मानिने मस्तिष्क पक्षघातबाट पीड़ित पर्वत जिल्ला विहादी गाउँपालिका ३ रानिपानी निवासी गोमादेवी पराजुलीको उपचारमा सहयोग पुर्याउन पर्वत समाज जापानले संचालन गरेको सहयोग संकलन समितिले संकलन गरेको १ लाख रुपैयॉ पीड़ित परिवारलाई पठाईएको पर्वत समाज जापानका अध्यक्ष सुजन जोशीले जानकारी दिनुभयो ।

लामो समय देखि काठमाण्डौ बाँसबारीस्थित न्युरो अस्पतालमा मस्तिष्क पक्षघातको उपचार गराईरहनु भएको पराजुलीको दैनिक ३० हजार रुपैयाँ खर्च लाग्ने बताईएको छ ।

पर्वत समाज जापानले आर्थिक संकलन गर्न समाज जापानका सदस्य कृष्ण भुसालको संयोजकत्वमा एक समिति बनाई सहयोग रक़म संकलन गरिएको महासचिव जनक सुवेदीले बताउनु भयो ।

पर्वत समाज जापानले शनिवार हस्तरण कार्यक्रमको आयोजनागरी नेपाल पठाईएको हो । आर्थिक सहयोग सकलनमा सहयोग गर्ने सबै सहयोगिहरुमा पर्वत समाज जापानले धन्यबाद ज्ञपान गर्दै समाजले उपचाररत पराजुलीको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP