Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

सिन्धुपाल्चोकको जम्बुमा १५ घर बग्यो, २ जनाको शव भेटियो,१८ जना बेपत्ता

सिन्धुपाल्चोक

अविरल वर्षाका कारण आएको बाढीले सिन्धुपाल्चोकमा १५ घर बगाएको छ । १८ जना बेपत्ता भएका छन् ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको जम्बुको ठाडो खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा १५ घर बगाएको हो ।

दुई जनाको शव भेटिएको र १८ जना सम्पर्क बिहिन भएका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।

२० वर्षका निकेश बस्नेत र उहाँका ३ वर्षीया छोरीको शव भेटिएको स्थानीयले बताएका छन् । अन्यको खोजी भइरहेको छ । खोजीका लागि सुरक्षाकर्मी र स्थानीय जुटेका छन् ।

गए रातिदेखिको अबिरल बर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पु¥याएको छ । उद्दारका लागि निस्किएको नेपाली सेना र प्रहरी जबमुसम्म पुग्न सक्ने अवस्था नभएकोले उद्दारको काम समयमै हुन नसकिरहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

‘केही मानिसहरू हराईरहेको सूचना छ, हामी घटनास्थल जाँदैछौँ’ – ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले भन्नुभयो ।

बाह्रबिसे नगरपालिकाका उपप्रमुख शुसिला पाख्रिनका अनुसार बाह्रबिसेको खोर्सानीबारी भन्दा माथितिर जान सकिरहेको छैन । टेलिफोन अवरुद्ध भएको पनि पाख्रिनले बताउनुभयो ।

भोटेकोसी नदिको बहाव बढेकाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गर्नुभएको छ ।

यसैबीच, अहिले सभामुख अग्नीप्रसाद सापकोटा सहितको टोली हेलिकोप्टरबाट सिन्धुपाल्चोक जाने तयारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP