
घनश्याम भर
(विजयनगर) कपिलवस्तु, ४ जेष्ठ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले बजार अनुगमन अभियानलाई निरन्तरता दिएको छ । गाउँपालिकाको अनुगमन टोलीले साेमबार वडा नम्बर ५ अन्तर्गत डालपुर-बगहा र कटुवाका विभिन्न पसल तथा व्यवसायमा अनुगमन गरेको हो । गाउँपालिका उपाध्यक्ष तथा अनुगमन संयाेजक लक्ष्मी कुमारी चाैधरीकाे नेतृत्व बजार अनुगमन कार्यलाई निरन्तरता दिएकाे छ ।
अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यवस्तु तथा अन्य उपभोग्य सामग्री बरामद गरी नष्ट गरिएको गाउँपालिका राजश्व शाखा प्रमुख अनिल सापकोटाले जानकारी दिए । उनका अनुसार औषधी क्लिनिकहरुमा पनि म्याद नाघेका औषधी समेत फेला परेकाे थियोे । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ निर्देशिका बमोजिम सामग्रीहरू सुरक्षित रूपमा नष्ट गरिएको हो ।
आजको अनुगमनमा करिब १० हजार रुपैयाँ बराबरका म्याद गुज्रिएका सामान बरामद गरिएको जनाइएको छ । गत बिहीबार ३० हजार रुपैयाँ बराबरको म्याद गुज्रिएका सामग्री फेला परेका थिए । साथै टोलीले पसल दर्ता, कर तिर्ने प्रक्रिया तथा व्यवसाय सञ्चालनसम्बन्धी कानुनी व्यवस्थाबारे व्यवसायीहरुलाई आवश्यक सल्लाह र सुझाव समेत दिएको सापकोटाले बताए ।
उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बजार अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यवस्तुसँगै औषधी समेत फेला परेको भन्दै यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने बताइन् । उनले उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने कुनै पनि गतिविधि सह्य नहुने उल्लेख गर्दै व्यवसायीहरुलाई कानुन अनुसार मात्रै सामान बिक्री वितरण गर्न आग्रह गरिन् । उनले बजारलाई व्यवस्थित, सुरक्षित र उपभोक्तामैत्री बनाउन गाउँपालिकाले नियमित अनुगमनलाई थप प्रभावकारी बनाउँदै लैजाने पनि बताइन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया