
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिएका छन्।
आइतवार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुईदिने प्रशिक्षण कार्यक्रमको समापनसभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन्। उनले रविको मान्छे र बालेनको मान्छे भन्दै कुनै गुटबन्दी नगर्न निर्देशन दिए।
उनले ७० वर्षअघि राजनीतिक रूपमा मिल्नुपर्ने व्यक्तिहरू नमिलेकै कारण नेपाल ७० वर्ष पछि धकेलिएको टिप्पणी गरे। प्रधानमन्त्री साह र आफूबीच कुनै व्यक्तिगत मुद्दाका लागि एकता नभएको पनि उनको भनाइ छ। उनले आफूहरूलाई फुटेको चाहना राख्ने सञ्चारमाध्यमहरूप्रति असन्तुष्टि व्यक्त गर्दै आफूहरू राजनीतिक रूपमा परिपक्व भएको बताए।
लामिछानेले भने, ‘म त यताको हो नि, म त उताको हो नि भनेकै कारण साथीहरू मन्त्री हुन पाउनु भएन। हामी यो देशको इतिहास सम्झिएर भविष्यको सपना बुनेर यो सहयात्रामा हिँडेका साथीहरू हौँ। कहिलेकाहीँ मिडियाका साथीहरूले फुटाउने रहर लागेर अनेक हेडलाइन दिन्छन्। बडो मुख मिठ्याउनुहुन्छ।’
उनले आफूहरू नयाँ भए पनि बेवकुफ नभएको बताए। उनले सुकुमवासीहरूको व्यवस्थापनका लागि सरकार लागिपरेको उल्लेख गर्दै कसैलाई पनि घरबारविहीन नबनाइने स्पष्ट पारे। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया