Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

तनहुँ : जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा जारी गण्डकी प्रदेशस्तरीय महिला पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल प्रवेश गरेका छन्। यस्तै महिलातर्फ कास्की र म्याग्दी फाइनल प्रवेश गरेका छन्।

व्यास नगरपालिका–३ खुल्लामैदानमा आज बिहान भएको पहिलो सेमिफाइनलमा गोरखालाई हराउँदै पर्वत फाइनल प्रवेश गरेका हो। पर्वतले गोरखालाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

यस्तै दोस्रो सेमिफाइनलमा नवलपुरलाई पराजित गर्दै तनहुँ जिल्लाले फाइनलको यात्रा तय गरेको छ। तनहुँले नवलपुरलाई ३–१ सेटले पराजित गरेको छ।


महिलातर्फको सेमिफाइनल खेलमा तनहुँलाई हराउँदै कास्की जिल्ला फाइनल प्रवेश गरेको छ। यस्तै दोस्रो सेमिफाइनल खेलमा पर्वतलाई हराउँदै म्याग्दी जिल्ला फाइनल प्रवेश गरेको छ। तेस्रो स्थानका लागि पुरुषतर्फ गोरखा र नवलपुरबीच तथा महिलातर्फ तेस्रो स्थानका लागि पर्वत र तनहुँबीच खेल हुनेछ।

फाइनल खेल आज दिउँसो ३ बजे हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिनुभयो। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको भलिबल टिम छनोटका लागि यहाँ प्रदेशस्तरीय महिला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो।

छनोट खेल भएकाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ३० हजार, रु २० हजार र रु १५ हजार नगद प्रदान गरिनेछ। प्रतियोगितामा पुरुषतर्फ मनाङ बाहेक १० जिल्ला र महिलातर्फ ११ वटै जिल्लाको सहभागिता रहेको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP