
कृष्णनगर, ५ जेष्ठ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाको पहलमा भारत हुँदै नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यमा जाने श्रद्धालु भक्तजनहरूका लागि सहुलियत दरमा बास बस्ने व्यवस्था गरिएको छ ।
नगरपालिका र धर्मशाला तथा मन्दिर व्यवस्थापन पक्षबीच साेमबार (हिजो) भएको सहमति अनुसार कृष्णनगर नाका हुँदै आउने भक्तजनहरूले नगरभित्रका विभिन्न धर्मशाला तथा मन्दिरमा सहुलियत दरमा बस्न सक्ने भएका हुन् ।
सहमति अनुसार नगरपालिकाले मङ्गनीराम सोहनलाल धर्मशाला, रामकृष्ण मन्दिर, लक्ष्मीनारायण मन्दिर सेवा सदनमा धार्मिक यात्रुहरुकाे बासको व्यवस्थापन गरिएको हाे ।
नगर प्रमुख रजत प्रताप शाहले धार्मिक यात्रामा आउने श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित आवास सुविधा उपलब्ध गराउने उद्देश्यले यस्तो पहल गरिएको बताए । उनले कृष्णनगर नाका धार्मिक पर्यटकहरूको प्रमुख प्रवेशद्वार भएकाले नगरपालिकाले यात्रुमैत्री सेवा विस्तारलाई प्राथमिकता दिएको उल्लेख गरे ।
“धार्मिक तथा पर्यटकीय यात्रामा आउने श्रद्धालुहरूलाई सहज वातावरण उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व हो,” नगर प्रमुख शाहले भने, “यस व्यवस्थाले श्रद्धालुहरूलाई राहत मिल्नुका साथै कृष्णनगरको धार्मिक पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक योगदान पुग्नेछ ।”
नगरपालिकाले बास बस्न चाहने श्रद्धालुहरूले राति ११ बजेभित्र परिचयपत्रसहित तोकिएको स्थानमा प्रवेश गरिसक्नुपर्ने जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया