Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

विजयनगरमा लैंगिक हिंसा विरुद्ध सञ्जालको बैठक सम्पन्न

सुशीला मिश्र

विजयनगर, ११ जेष्ठ ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा लैंगिक हिंसा न्यूनीकरण तथा महिला तथा बालबालिकाको अधिकार संरक्षणका विषयमा छलफल गर्न लैंगिक हिंसा विरुद्धको सञ्जालको बैठक सम्पन्न भएको छ ।

कोइका र युएनएफपीएको आर्थिक सहयोग तथा प्लान इन्टरनेशनलको प्राविधिक सहयोगमा मानव अधिकार सचेतना केन्द्र (हुरेक) द्वारा सञ्चालित सेभ गर्ल्स/ईसिएम परियोजना अन्तर्गत गठित सञ्जालको बैठक गाउँपालिका उपाध्यक्ष तथा सञ्जालकी अध्यक्ष लक्ष्मी कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको हुरेक नेपालका फिल्ड अफिसर रमजान शाहले जानकारी दिए ।

बैठकमा गाउँपालिकाभित्र हुने लैंगिक हिंसाका घटनाको रोकथाम, पीडितलाई आवश्यक सहयोग तथा संरक्षण, सम्बन्धित निकायबीच समन्वय तथा आगामी कार्यक्रमहरूबारे छलफल गरिएको छ । साथै समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै महिला तथा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको छ ।

अध्यक्ष चौधरीले लैंगिक हिंसा विरुद्धको अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, सरोकारवाला निकाय तथा समुदायबीचको सहकार्यलाई थप सुदृढ गर्नुपर्ने बताइन् । उनले महिला तथा बालबालिकाको सुरक्षित र सम्मानित जीवन सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध रहेको समेत उल्लेख गरिन् ।

बैठकमा सञ्जालका पदाधिकारी, गाउँपालिकाका प्रतिनिधि, परियोजनाका कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP