Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

शिवराज-९ मा ७ दिने महिला नेतृत्व विकास तालिम सम्पन्न

सुशीला मिश्र

विजयनगर, १४ जेष्ठ ।

कपिलवस्तुको शिवराज नगरपालिका-९ मा महिला नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न भएको छ । ९ नम्बर वडा कार्यालयको आयोजना तथा एसपीएसए कम्प्युटर इन्स्टिच्युटको प्राविधिक सहयोगमा सञ्चालन गरिएको ७ दिने महिला नेतृत्व विकास तालिम बिहिबार सकिएको वडा सचिव बिष्णु अधिकारीले जानकारी दिए ।

महिलाको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सामाजिक सहभागिता बढाउने उद्देश्यले सञ्चालन गरिएको तालिममा ३० जना महिलाको सहभागिता रहेको थियो । तालिमका क्रममा नेतृत्व विकास, निर्णय क्षमता, आत्मविश्वास अभिवृद्धि तथा समुदायमा महिलाको भूमिकाका विषयमा सहजीकरण गरिएकाे  एसपीएसए कम्प्युटर इन्स्टिच्युटका सञ्चालक सुबास यादवले बताए ।  

समापन कार्यक्रमलाई सम्बाेधन गर्दै नगर उप-प्रमुख शिव कुमारी थारुले महिलाहरु समाज रूपान्तरणका प्रमुख आधार भएको बताउँदै नेतृत्वमा महिलाको सहभागिता बढ्न आवश्यक रहेको उल्लेख गरिन् । उनलेे महिलाहरुकाे सशक्त आन्दोलन र बलिदान पश्चात् मात्रै संविधानमा महिला अधिकार सुनिश्चित भएको जिकिर गरिन् ।

उनले  महिलाहरुकाे संख्या देशमै बढी भएकाे बताउँदै महिलाले चाहेमा उच्च पदमा महिला नेतृत्व ल्याउन सक्ने बताइन् । उनले तालिमबाट प्राप्त ज्ञान र अनुभवलाई व्यवहारमा लागू गर्न सहभागीहरुलाई आग्रह गर्दै नगरपालिकाबाट सक्दाे सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् ।  

त्यसैगरी वडा अध्यक्ष राम गोपाल चौधरीले महिलालाई सक्षम र आत्मनिर्भर बनाउन यस्ता तालिम प्रभावकारी हुने बताए । उनले स्थानीय तहले महिलाको क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी वडा सदस्य सरिता बिकले महिलाको सशक्तिकरण बिना समृद्ध समाज निर्माण सम्भव नभएको धारणा राख्दै तालिमले महिलामा आत्मविश्वास वृद्धि भएको र समुदायमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा सहभागी महिलाहरुले तालिमबाट नेतृत्व क्षमता विकास, बोल्ने शैली, समूहमा काम गर्ने सीप तथा निर्णय लिन सक्ने आत्मविश्वास बढेको प्रतिक्रिया दिएका थिए ।

यसै अवसरमा इलाका प्रहरी कार्यालय सुन्दरी डाँडाले समुदाय-प्रहरी-साझेदारी कार्यक्रम अन्तर्गत बाल बिबाह विरुद्ध अन्तरक्रियासमेेत गरेकाे छ । प्रहरी निरीक्षक आदर्श गिरीले बाल बिबाह विद्यामान समस्या भएको बताउँदै त्यसका असर, चुनाैती र कानुनी प्रावधानकाे बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP