Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

विजयनगरमा सञ्चालित LoCAL परियोजनाको अष्ट्रेलियाली राजदूत साइमनद्वारा अनुगमन

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २० जेष्ठ ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय पुँजी कोष (यूएनसीडीएफ) को साझेदारीमा सञ्चालित स्थानीय जलवायु अनुकूल जीवनयापन परियोजना Local Climate Adaptive Living (LoCAL) सम्बन्धमा अन्तरक्रिया तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ । यसै अवसरमा नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन इर्न्स्टलाई गाउँपालिका र स्थानीयद्वारा भव्य स्वागत समेत गरिएको छ ।

कार्यक्रममा राजदूत साइमन इर्न्स्ट, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा प्राविधिकबीच परियोजनाको प्रगति, उपलब्धी र प्रभावका विषयमा अन्तरक्रिया गरिएको हाे । यहाँ करिब २ करोड ७२ लाख रुपैयाँ बराबरका विभिन्न विकासका योजना सञ्चालनमा रहेका रहेका छन् ।

बुधबार विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा लगायतकाे टाेलीले उक्त याेजनाकाे अनुगमन गरेको प्रशासन शाखा प्रमुख बाेधराज भुसालले बताए ।

अनुगमन टोलीले परियोजना अन्तर्गत सञ्चालित थरौली भाठा स्टिल ट्रस निर्माण, प्रेमनगर हाटबजार तथा लोहरौला हाटबजार स्तरोन्नति एवं व्यवस्थापन, गेडुवाजोत लिफ्ट सिँचाइ पाइपलाइन तथा विद्युत् विस्तार र ज्योतिनगर लिफ्ट सिँचाइ तथा पाइपलाइन विस्तार योजनाको स्थलगत अनुगमन गरेको प्राविधिक अधिकृत हेमन्त कुमार चाैधरीले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले परियोजनाले स्थानीयको जीविकोपार्जन र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै जलवायु अनुकूलन र दिगो विकासमा परियोजनाको प्रभाव सकारात्मक रहेको उल्लेख गरे ।

प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले परियोजना अन्तर्गतका योजनाहरू निर्धारित समयमै गुणस्तरीय रूपमा कार्यान्वयन भइरहेको बताउँदै यसले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने बताए । उनले शिक्षा, स्वास्थ्य, कृषि, सिँचाई लगायत क्षेत्रमा थप याेजनाकाे लागि गाउँपालिकाले माग गरेकाे बताए ।

अनुगमनका क्रममा परियोजनाबाट कृषि उत्पादन वृद्धि, बजार पहुँच विस्तार तथा जलवायु परिवर्तनका चुनौतीसँग जुध्न स्थानीय समुदायको क्षमता अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने  विश्वास गरिएको छ ।

गाउँपालिकाले यस्ता विकास तथा जलवायु अनुकूलनका कार्यक्रमलाई आगामी दिनमा समेत प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP