Trending
अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल समाज धनुषामा बस दुर्घटना हुँदा १७ यात्रु घाइते

‘सबल बालिका, सबल समुदाय’ परियोजनाले दियो आत्मनिर्भरताको आधार

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २३ जेष्ठ ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा प्लान इन्टरनेशनल नेपालको सहयोगमा किड्स संस्थाद्वारा सञ्चालित ‘सबल बालिका, सबल समुदाय’ परियोजना अन्तर्ग पाडी, बाख्रा तथा किराना सामग्री वितरण गरिएको छ । किड्सका कार्यक्रम संयाेजक रजनीस चाैधरीले लक्षित परिवारहरूको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले पाडी, बाख्रा तथा किराना सामग्री वितरण गरिएको जानकारी दिए ।

किड्स संस्थाकी फिल्ड सुपरभाइजर बबिता विश्वकर्माका अनुसार गाउँपालिकाको वडा नम्बर  ३, ५ र ६ का परिवारलाई ११ घरपरिवारलाई बाख्रा, १३ घरपरिवारलाई पाडी तथा २ जनालाई किराना सामग्री वितरण गर्न लागेको बताइन् ।

सोही कार्यक्रम अन्तर्गत शनिबार १० जनालाई बाख्रा, ६ घरपरिवारलाई पाडी र २ जनालाई किरानाका सामग्री वितरण गरिएको हो । प्रत्येक लाभग्राहीलाई करिब ५० हजार रुपैयाँ बराबरको सहयोग प्रदान गरिएको बताइएको छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले आर्थिक रूपमा कमजोर परिवारलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले पशुपालनमार्फत आयआर्जन बढाएर परिवारको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष थापाले सबल बालिका, सबल समुदाय’ परियोजनाले  आत्मनिर्भरताको आधार दिएको जिकिर गरे ।

यस्तै ३ का वडा अध्यक्ष हृदय विकास चौधरीले परियोजनाले लक्षित परिवारको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै प्राप्त सहयोगको सदुपयोग गर्न लाभग्राहीलाई आग्रह गरे ।

यसैगरी ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवारले पशुपालन व्यवसायलाई निरन्तरता दिएमा परिवारको आम्दानी वृद्धि हुने बताउँदै स्थानीय सरकार यस्ता सकारात्मक अभियानमा सधैं सहयोगी रहने बताए ।

कार्यक्रममा लाभग्राहीहरूले प्राप्त सहयोगले घरपरिवारको आयआर्जन बढाउन र जीविकोपार्जन सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP