Trending
flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल

जंक फुडको जोखिम रोक्न विजयनगरका विद्यालयमा अन्तरक्रिया

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २८ जेष्ठ ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाका ५ ओटा सामुदायिक विद्यालयमा पत्रु खाना (जङ्क फुड) नियमन तथा नियन्त्रण अभियान अन्तर्गत विद्यालय स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजनामा दूधाधारी नमुना माध्यमिक विद्यालय गुगौली, भुवनेश्वरी माध्यमिक विद्यालय जगदीशपुर, हरिबोध माध्यमिक विद्यालय प्रेमनगर, जनजागृति माध्यमिक विद्यालय लोहरौला तथा शिव माध्यमिक विद्यालय डालपुरमा पत्रु खाना नियमन तथा नियन्त्रणका लागि अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि लगायतलाई पत्रु खानाको असरबारे जानकारी गराइएको थियो । साथै विद्यालयभित्र पत्रु खानाको प्रयोग नियन्त्रण गर्ने, विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रवर्द्धन गर्ने तथा स्वस्थकर खानाका विकल्पहरू अपनाउन प्रोत्साहन गर्ने विषयमा छलफल गरिएकाे छ ।

स्वास्थ्य चौकी गणेशपुरका प्रमुख तथा जनस्वास्थ्य निरीक्षक गौतम रायका अनुसार अन्तरक्रियामार्फत विद्यार्थीहरूमा स्वस्थ खानपानको बानी विकास गर्ने, विद्यालय परिसरलाई पत्रु खानामुक्त बनाउने तथा पत्रु खाना निषेधित सामुदायिक तथा संस्थागत विद्यालय अनुगमन समिति गठन गर्ने उद्देश्य रहेको छ ।

उनले पत्रु खानाको बढ्दो प्रयोगले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले विद्यालय तहबाटै सचेतना र नियन्त्रण अभियानलाई प्रभावकारी रूपमा अगाडी बढाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP