Trending
flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन खेल पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल

जनजागृति मावि लाेहराैलामा ४ कोठे दुई तल्ले भवन शिलान्यास

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २९ जेष्ठ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-२ लोहरौलामा अवस्थित जनजागृति माध्यमिक विद्यालयमा ४ कोठे दुई तल्ले नयाँ विद्यालय भवनको शिलान्यास गरिएको छ । पुर्व सांसद सराज अहमद फारुकीकाे पहलमा भवन निर्माण हुन लागेकाे विद्यालय प्रशासनले जनाएको छ ।

शुक्रबार पूर्व सांसद सराज अहमद फारुकी, गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा, उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी तथा २ का वडा अध्यक्ष नेपाल चौधरीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बाेल्दै पूर्व सांसद सराज अहमद फारुकीले शिक्षामा गरिएको लगानी भविष्य निर्माणको आधार भएको उल्लेख गर्दै नयाँ भवनले विद्यालयको शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् । फारुकीले ग्रामीण क्षेत्रका विद्यालयहरूको भौतिक पूर्वाधार सुदृढ हुनुले शिक्षाको गुणस्तर अभिवृद्धिमा सकारात्मक प्रभाव पर्ने बताए ।

यस्तै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार महत्वपूर्ण आधार भएको बताउँदै विद्यालयको शैक्षिक वातावरण सुधार गर्न गाउँपालिका निरन्तर लागिरहेको बताए । उनले निर्माण कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह समेत गरे ।

यसैगरी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले शिक्षामा गरिएको लगानी नै समृद्ध समाज निर्माणको आधार भएको बताइन् । उनले विद्यालयको भौतिक पूर्वाधार सुदृढ भएसँगै विद्यार्थीले थप राम्रो वातावरणमा अध्ययन गर्ने अवसर पाउने जिकिर गरिन् ।

यस्तै प्रधानाध्यापक मिर्जा प्रसाद चाैधरीले नयाँ भवन निर्माणले विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालनमा ठूलो सहजता ल्याउने बताए । उनले विद्यार्थीलाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय सिकाई वातावरण प्रदान गर्न भवन महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्दै भवन निर्माणका लागि सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरुध थारुले नयाँ भवन निर्माणपछि विद्यार्थीलाई सहज, सुरक्षित र व्यवस्थित हुने बताउँदै भवन निर्माणलाई विद्यालयको विकासका लागि महत्वपूर्ण उपलब्धीका रूपमा लिएकाे बताए ।

भवन निर्माणको ठेक्का एम/एस भिक्टोरिया हाइड्रो कन्स्ट्रक्सनले पाएकाे छ । निर्माण कम्पनीका ठेकेदार प्रकाश गौतमका अनुसार करिब १ करोड रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP