
भाेला गुप्ता
विजयनगर, २ असार ।
कपिलवस्तुको विजयनगर गाउँपालिका अन्तर्गत नेपाल-भारत सीमास्थित गिद्धहवाघाटबाट प्रहरीले ११ ओटा बाख्रा र २ ओटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार तस्करहरूले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेका बाख्रा र मोटरसाइकल विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको हो । प्रहरी टाेलीलाई देख्नासाथ तस्करहरु बाख्रा र माेटरसाइकल छाेडेर फरार भएका थिए ।
घटनास्थलबाट भारतीय नम्बर प्लेटका युपी ४७ आर ८५४० र युपी ५५ डी ३४१७ नम्बरका दुई मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएका ११ ओटा बाख्राको अनुमानित मूल्य ८८ हजार रुपैयाँ र मोटरसाइकलको मूल्य १ लाख २० हजार रुपैयाँ रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जानकारी दिएको छ ।
प्रहरीले बरामद गरिएका बाख्रा तथा मोटरसाइकल आवश्यक कारवाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको जनाएको छ । सीमावर्ती क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रणका लागि निगरानी र गस्तीलाई थप प्रभावकारी बनाइएको प्रहरीले बताएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया