Trending
flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड राजनीति सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन

विजयनगरमा स्काउट तालिम तथा गोष्ठी सुरु

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २ असार ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा ३ दिने स्काउट तालिम तथा गोष्ठी सुरु भएको छ । स्थानीय स्काउट विजयनगर गाउँपालिकाको आयोजनामा तथा विजयनगर गाउँपालिकाको सहयोगमा तालिम तथा गोष्ठी सञ्चालन गरिएको हो ।

युवाहरूमा नेतृत्व विकास, अनुशासन, सामाजिक उत्तरदायित्व तथा स्वयंसेवा भावनाको अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको विजयनगर स्काउट प्रमुख आयुक्त बिष्णु थापाले जानकारी दिए । तालिममा गाउँपालिकाभित्रका विभिन्न विद्यालयका  शिक्षक तथा स्काउटकर्मीहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा सहभागीहरूलाई स्काउटका सिद्धान्त, उद्देश्य, टोली व्यवस्थापन, विपद् व्यवस्थापन, सामुदायिक सेवा तथा नेतृत्व विकाससम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिनेछ । तीन दिनसम्म सञ्चालन हुने तालिमले विद्यार्थी तथा युवाहरूको व्यक्तित्व विकासमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।

आयोजकका अनुसार तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समाजसेवा तथा राष्ट्र निर्माणमा युवाहरूलाई सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरिनेछ । गाउँपालिकाले यस्ता कार्यक्रममार्फत युवाहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकासमा निरन्तर सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP