खाेटाङ बजारमा आगलागी : झण्डै ६० लाख बराबरकाे क्षति !

खोटाङ –  विद्युत् सर्ट हुँदा खोटेहाङ गाउँपालिका ७ को खोटाङ बजारमा रहेको माणिकलाल प्रधानको घरमा आगलागी भएको छ । 

मोबाइल र स्टेसनरी पसल सञ्चालन हुँदै आएको प्रधानको घरमा सोमबार राति आगलागी हुँदा लाखौँको क्षति भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताउनु भयो । 

आगलागीमा प्रधानको घरमा सञ्चालित खोटेहाङ गाउँपालिका ६ ईन्द्रेणी पोखरीका रमेश राईको मोबाइल पसल र खोटाङ बजारकै घनश्याम फुयाँलको स्टेसनरी पसल पूर्णरुपमा जलेको छ । 

मोबाइल पसलबाट सुरु भएको आगलागीमा घरका मालिक प्रधानको झण्डै ३० लाख, मोबाइल पसल सञ्चालक राईको १८ लाख र स्टेसनरी सञ्चालक फुयाँलको १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) आमोदकुमार खेरवारले बताउनु भयो । 

प्रधान परिवार भने काठ्माण्डौमा बस्दै आएका छन् । प्रहरी र स्थानीयबासीले आगलागी नियन्त्रणमा लिएका थिए । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP