कपिलवस्तुकाे विजयनगरमा माटोको पर्खाल भत्काउने क्रममा च्यापिँदा युवाको मृत्यु

(विजयनगर) कपिलवस्तु, १२ साउन ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिका-४ मा माटोको पर्खाल भत्काउने क्रममा च्यापिँदा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका-४ ज्योतिनगर बस्ने २४ वर्षीय सुरेश रोक्का रहेका छन् ।

इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार त्रिपालनगरमा सन्तोष गुरुङको घरको माटोको पर्खाल भत्काउने क्रममा रोक्का पर्खालले च्यापिएर गम्भीर घाइते भएका थिए । घाइते रोक्कालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव पाेष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP