रक्तदानमा उत्कृष्ट योगदानका लागि राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटी सम्मानित


कपिलवस्तु, १२ साउन।

नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखा अन्तर्गत रक्त सञ्चार सेवा समितिले रक्तदान अभियानमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै राष्ट्रिय युवा संघ नेपाल, शिवराज नगर कमिटीका अध्यक्ष नारायण सापकोटालाई प्रशंसा पत्रसहित सम्मान गरेको छ।

रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै आर्थिक वर्ष २०८२/०८३ मा संस्थागत रूपमा २०७ युनिट रगत संकलन गरी रक्तदान अभियानमा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै ६१औँ रक्त सञ्चार दिवसको अवसरमा उक्त सम्मान प्रदान गरिएको हो।

नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा तथा रक्त सञ्चार सेवा समितिद्वारा २०८३ साल श्रावण १२ गते प्रदान गरिएको प्रशंसा पत्रले रक्तदान अभियानमा राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीको सक्रिय भूमिका तथा सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई सम्मान गरेको जनाइएको छ।

कार्यक्रममा अध्यक्ष नारायण सापकोटाले रक्तदान मानव जीवन बचाउने सबैभन्दा ठूलो मानवीय सेवामध्ये एक भएको उल्लेख गर्दै आगामी दिनमा पनि रक्तदान अभियानलाई निरन्तरता दिँदै समाजसेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP