Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

घुस फिर्ता गर्ने ३६ ट्राफिक प्रहरी सम्मानित

काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमअनुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूको प्रलोभनमा नपरि आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरीलाई आज शुक्रवार पुरस्कृत एवम् सम्मान गरेको छ ।

सम्मानित हुनेहरूमध्ये नाै जना ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइयो भने अन्यलाई खादा ओढाएर प्रशंसा पत्रसहित सम्मान गरेको र यस्तो कार्यले अन्य प्रहरी कर्मचारीमा समेत सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले लिएकाे छ ।

‘प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ एवम् निर्देशन दिँदै आएका छौँ, फलस्वरूप घुस दिन खोज्ने ४९ जना चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने ३६ जनालाई आज पुरस्कृत एवम् सम्मान गरेका हाैँ’ , महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताउनुभयो ।

ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्नेबाट पैसा लिन्छ भन्ने आरोपलाई चिर्दै, आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउँदै आएको एसएसपी भट्टराईले प्रष्ट पार्नुभयो । ‘त्यस्ता खराब प्रवृत्ति बोकेका, घुस दिन खोज्ने चालकलाई दैनिकजसो पक्राउ गर्दै आएका छाैँ । त्यस्ता चालकलाई कुनै पनि बहानामा छुट हुँदैन, बरु यसलाई अझै कडाइका साथ लैजान्छाैँ’, उहाँले भन्नुभयाे ।

सवारी चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र उल्लङ्घनपछि हुने कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई प्रलोभनमा पार्ने प्रयास नगर्न महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP