Trending
राजनीति खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतसँग स्पष्टीकरण मागियो राजनीति एकीकृत समाजवादीको संसदीय दलको बैठक सुरु राजनीति गोरखापत्र नेपाली पत्रकारिता क्षेत्रको जननी : मन्त्री शर्मा राजनीति सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्ने खेल भीमनारायण कप : एपिएफको विजयी सुरुवात राजनीति स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ : राष्ट्रपति राजनीति बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति वर्तमान संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री

कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक बस्दै

काठमाडौं, साउन २३। कक्षा १२ को परीक्षाबारे निर्णय लिन आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरे संगै बोर्डको बैठक बस्न लागेको हो ।

कोरोना कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो । कोरोना संक्रमण बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई परीक्षा स्थगन गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ ।

कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीटरमार्फत जानकारी गराएका छन् । तर पछिल्लो समय कोरोनाको संक्रमण बढदै गए पछि परीक्षा हुँने वा नहुँनेमा अन्योल बढेको छ । यस्तै, स्नातक तहका विद्यार्थीहरू पनि परीक्षाको पर्खाइमा छन् ।

परीक्षा स्थगितको निर्णय राष्ट्रिय परीक्षा बोर्डले गर्नुपर्नेहुन्छ । बोर्डको बैठक आज शनिबार बोलाइएको छ । बोर्डले भौतिक दूरी कायम गरी एउटा कक्षामा कम्तीमा २५ जना मात्रै विद्यार्थी राख्नेगरी परीक्षा सञ्चालनको तयारी थालेको थियो ।

परीक्षा आन्तरिक मूल्यांकनकै आधारमा हुने वा भौतिक उपस्थितिसहित सञ्चालन हुने भन्ने निक्र्योल नहुँदा विद्यार्थी मारमा परेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP