Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

प्रदेश खेलकूद परिषद्का उपाध्यक्षमा गुरुङ

२८ साउन: गण्डकी प्रदेश खेलकूद परिषद्का उपाध्यक्षमा जिल्ला बाँस्केटबल सङ्घका अध्यक्षसमेत रहेका ध्वजकुमार गुरुङ नियुक्त भएका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले जानकारी दिए ।

स्याङजाको वालिङ नगरपालिका– १२ सिर्सेकोट कोखे घर भई उनी हाल पोखरा–१० मा बसोबास गर्दै आएका छन् । यसअघि उपाध्यक्षमा नियुक्त नारायण पुन परिषद्को बैठकमा उपस्थित नभएका कारण गत साउन १३ गते ७ दिने सार्वजनिक सूचना जारी गरिएकामा सम्पर्कमा नआएको र स्पष्टीकरणको जवाफ नआएकाले उनलाई पदमुक्त गरी रिक्त पदमा गुरुङलाई नियुक्त गरिएको छ ।

नेपाल राष्ट्रिय ह्याण्डबल टोलीका सदस्यसमेत रहेका गुरुङ पश्चिमाञ्चलको ह्याण्डबल टोलीको कप्तानीसमेत सम्हालेका थिए। उनका कप्तानीमा पाँचौं राष्ट्रिय खेलकूदमा पश्चिमाञ्चलले पुरुषतर्फ स्वर्ण पदक जितेको थियो ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले नवलपुरको मुकुन्दपुर–आहाले–रतनपुर–कोटथर डाँडाझेरी हुँदै बुलिङटार सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गर्दै वन क्षेत्रको चार दशमलव छ हेक्टर जग्गा प्राप्ति तथा रुख कटानका लागि सङ्घ सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको रोकथाम नियन्त्रणका लागि अस्थायी दरबन्दीमा काम गर्दै आएका ४४४ जनाको दरबन्दी असार मसान्तमा सकिएकामा यही साउन १ देखि असोज मसान्तसम्म थप गर्ने निर्णय गरेको मन्त्री खड्काले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP