Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

काठमाडौं–रक्सौल रेलमार्ग बन्ने

काठमाडौं, २९ साउन । काठमाडौंबाट रक्सौलसम्मको रेलमार्ग बन्ने भएको छ । त्यसका लागि फाइनल लोकेशन सर्भे सुरु हुन लागेको छ ।

फाइनल लोकेशन सर्भेका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौताको तयारी समेत भएको बुझिएको छ । सर्भे भारत सरकारकै लागतमा हुने बुझिएको छ ।

रक्सौल काठमाडौं रेलमार्ग नाम दिइएको योजनाको चर्चा वर्षौं देखि हुँदै आएको छ । काठमाडौंलाई तराईसम्म जोड्ने यो रेलमार्ग रणनीतिक महत्वको समेत हुनेछ । नेपाल र भारतबीच कनेक्टिभिटी बढाउने उद्देश्यले रेलमार्ग अगाडि बढाउन लागिएको बुझिएको छ ।

३ अर्ब १५ करोड डलर लागत अनुमानको ब्रोड गज रेल्वेलाइनले काठमाडौंलाई भारतको रेल्वे सञ्जालसँग जोड्नेछ । नेपालबाट जमिन सुनिश्चित भएमा रेल्वे सञ्जाल निर्माणमा ५ वर्ष लाग्नेछ । रेल्वेलाइन १३६ देखि १९८ किलोमिटर लम्बाइको हुने अनुमान गरिएको छ ।

सरकारले भारत सरकारसँग सम्झौतामा हस्ताक्षर गर्न मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइसकेको छ । भारतको मुम्बई केन्द्रीय कार्यालय भएको कोन्कान रेल्वे कर्पोरेशनले पूर्व सम्भाव्यता अध्ययनको तयारी गरिसकेको छ ।

चीनबाट नेपालको सीमा छेउसम्म रेलमार्ग बनिरहँदा भारतले पनि त्यसलाई गति दिएको हो । भारतसँग भौगोलिक रुपमा सहजता र निकटताका कारण पनि रक्सौल काठमाडौं रेलमार्ग महत्वपूर्ण हुने देखिन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP