Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

नापतौल विभागद्वारा सरकारबाट स्वीकृत नलिई खर्च

भदौ ९ । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल सरकारबाट वैदेशिक अनुदानको रकम स्वीकृति नलिइ जथाभावी खर्च गरेको पाइएको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले विभागअन्तर्गत राष्ट्रसंघीय ओजोन कार्यक्रम सञ्चालन सम्बन्धित तालुक निकायबाट स्वीकृति नगराएर लामो समयदेखि कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रममा खर्च भएको रकमलाई महालेखाको प्रतिवेदनमा बेरुजू देखिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा स्वीकृत नगराएर विदेशी अनुदानको ओजोन कार्यक्रम सञ्चालन गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । विगत सात÷आठ वर्षदेखि महानिर्देशकसमेत रहेका पुडासैनीले २०७४ सालदेखि ओजोनतर्फ तलब, इन्धन, वर्कशप र अध्ययन तथा आर्जन दिवसलगायतका शीर्षकमा स्वीकृतिविना खर्च गरेको बताइएको छ ।

विभागले ओजोन कार्यक्रमका लागि २०७४ मा ७१ लाख २६ हजार २०७५ मा ५८ लाख ८९ हजार र २०७७ मा ५८ लाख ८९ हजार रुपैयाँ खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाले तालुक निकायबाट स्वीकृत नभएको कारण औंल्याएको छ । उता विभागको लेखा शाखाले पनि आव २०७७/७८ मा ओजोन तह कार्यक्रम सञ्चालन गरेको, तर स्वीकृत नभएको बताएको छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP