Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

कोरोना कहरबीच १ सय २ देशसँग वैदेशिक व्यापार

भदौ १७ । कोरोना कहरबीच चालू आर्थिक वर्ष २०७८/७९ प्रारम्भको पहिलो महिना गत साउनमा नेपालले संसारभरका विभिन्न १ सय २ वटा देशसँग व्यापार गरेको छ । वैदेशिक व्यापारका क्रममा नेपालले अधिकांश मुलुकसँग घाटाको कारोबार गरेकोमा बेलायत, अफगानिस्तानलगायतका १४ देशसँग भने नाफाको व्यापार गरेको पाइएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा बेलायत, कम्बोडिया, अफगानिस्तान, स्विडेन, स्लोभेनिया, न्यु क्यालेडोनिया, आर्मेनिया, रोमानिया, पोर्चुगल, स्लोभाकिया, जर्जिया, सेन्ट हेलेना, आइसल्यान्ड र क्रोएसियालगायत विभिन्न १४ वटा देशसँग नेपालले नाफाको व्यापार गरेको हो ।

साउन महिनामा वैदेशिक व्यापारमा नेपालले बेलायतसँग ११ करोड ३९ लाख रुपैयाँबराबरको नाफा गर्न सफल भएको हो । गत साउनमा नेपालले बेलायतबाट १७ करोड ६६ लाख रुपैयाँ बढीको मालवस्तु आयात गर्दा त्योभन्दा निकै बढी कुल २९ करोड ६ लाख रुपैयाँबराबरको मालवस्तु निर्यात गरेको थियो ।

नेपालले सोही अवधिमा नाफाको व्यापार गरेको अर्को दोस्रो देश कम्बोडिया हो । सो समीक्षा अवधिमा द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानसँग पनि नेपालले नाफाको व्यापार गरेको देखिन्छ । केही मुलुकमा नाफाको व्यापार गरे पनि पछिल्लो समय बढ्दो आयातका कारण ठूलो व्यपारघाटा झेलिरहेको नेपालको निर्यात भने न्यून रहेको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार नेपालले गर्ने निर्यातको तुलनामा आयातको व्यापार निकै ठूलो र व्यापक रहेको छ । चालू आवको पहिलो महिना गत साउन महिनामा मात्रै नेपालले वैदेशिक व्यापारमा करिब १ खर्ब २९ अर्ब रुपैयाँ बढीको व्यापार घाटा बेहोर्नुपरेको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत साउनमा नेपालले विभिन्न देशमा जम्मा २० अर्ब ७६ करोड ५१ लाख रुपैयाँबराबरको मालवस्तु निर्यात गर्दा १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ बढीको मालवस्तु आयात गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनाको तुलनामा चालू आवमा निर्यातमा १ सय १५ प्रतिशतको वृद्धि भए पनि आयात पनि उत्तिकै बढेको देखिन्छ ।

सो अवधिमा गत आवको तुलनामा आयातको व्यापार ७५ प्रतिशतले बढ्दा निर्यातको व्यापार भने १ सय १५ प्रतिशतले बढेको देखिएको विभागले जनाएको छ । गत आवको तुलनामा निर्यातको व्यापार उल्लेख्य बढ्नुमा तेलको व्यापारलाई लिइएको छ । चालू आवको पहिलो महिना साउनमा मात्रै ११ अर्ब ९३ करोड ५२ लाख रुपैयाँबराबरको तेल निर्यात भएको देखिन्छ । यस अवधिमा तेलजन्य वस्तुको आयात १२ अर्ब ७७ करोड रुपैयाँबराबरको भएको छ । खाने तेल र तेलजन्य वस्तुको निर्यातमा प्रमुख हिस्सा रहे पनि वैदेशिक व्यापारमा मात्रै नेपालले ८४ करोड १४ लाख ६६ हजार रुपैयाँ घाटा बेहोरिरहेको आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले खवर लेखेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP