Trending
राजनीति खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतसँग स्पष्टीकरण मागियो राजनीति एकीकृत समाजवादीको संसदीय दलको बैठक सुरु राजनीति गोरखापत्र नेपाली पत्रकारिता क्षेत्रको जननी : मन्त्री शर्मा राजनीति सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतासँग छलफल गर्ने खेल भीमनारायण कप : एपिएफको विजयी सुरुवात राजनीति स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ : राष्ट्रपति राजनीति बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति गण्डकीका सभामुख धितालविरुद्ध अदालत जाने कांग्रेसको तयारी राजनीति वर्तमान संविधान अझै पूर्ण भएको छैन : प्रधानमन्त्री

वडा अधिवेशनले कांग्रेसलाई बलियो बनाउने नेतृत्व चयन गर्न सकोस् : प्रकाशमान

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्वस्थ प्रतिस्पर्धाबाट सबल नेतृत्व चयन गर्न कार्यकर्ताहरुलाई अपील गरेका छन् । उनले कांग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना पनि गरेका छन् ।

१४ औं महाधिवेशन अन्तर्गत आजबाट सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश दिंदै नेता सिंहले भनेका छन्, ‘कांग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल होस् भन्ने कामना गर्दछु । त्यसतर्फ तल्ला तहबाटै प्रयत्नहरू अघि बढाउन पनि म देशभरका साथीहरूसँग अपील गर्दछु ।’

विधिसम्मत र स्वस्थ्य प्रतिस्पर्धाबाट क्षमतावान नेतृत्व चयन गर्न वडा अधिवेशन सफल होस् भनेर उनले शुभकामना पनि दिएका छन् । वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्ने बताउँदै उनले लोकतान्त्रिक विधि–प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट सबल नेतृत्व चयन गर्न अपील गरेका छन् ।

संविधानको रक्षा, संघीयता, समावेशीता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुत बनाउनसक्ने र देशलाई समृद्धिको बाटोमा लैजाने दृष्टिकोणसहितको नेतृत्व आजको आवश्यक्ता भएको उनले बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP