Trending
स्वास्थ्य मधुमेहबाट बच्न अनुशासित जीवन शैलीमा ध्यान दिऔँ : उपराष्ट्रपति यादव खेल कुशल भुर्तेल १३ रन बनाएर आउट राजनीति इलामबाट सिक्यौँ, ०८४ मा एकलौटी सरकार बनाउने गरी लाग्छौँ : रास्वपा समाज पत्रकारको सुरक्षामा ध्यान दिन माग राजनीति एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने समाज मिडिया एक्सन नेपाल : कस्तो छ पत्रकारको अवस्था? समाज स्थापना दिवस मनाउँदै सूचना आयोग अन्तर्राष्ट्रिय इजरायल र हमासबीच युद्धविरामको प्रयास असफल समाज विश्वको प्रदूषित शहरको सूचीमा आज दोस्रो नम्बरमा काठमाडौं राजनीति सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्य अन्योलमा

टर्कीका राष्ट्रपतिले भने- बाइडनले आतंकवादी संगठनलाई हतियार पठाइरहेका छन्

काठमाडौं । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले अमेरिकी राष्ट्रपति जो बाइडनले आतंकवादी संगठनलाई हतियार दिएको आरोप लगाएका छन् । एर्दोगानले उत्तरी सिरियामा सक्रिय सशस्त्र कुर्द समूहलाई लक्षित गर्दै अमेरिकामाथि यस्तो बताएका हुन् । अमेरिकाले उक्त समूहलाई सहयोग गर्दै आएको छ ।

एर्दोगानले भने, ‘बाइडनले पुनः आतंकवादी संगठनलाई हतियार, गोला–बारुद र सैन्य उपकरण दिन शुरु गरेका छन् । यस्तोमा हामी मूकदर्शक बनेर बस्दैनौं ।’

उनले थपे, ‘ट्रम्पको कार्यकालमा अमेरिकाले आतंकवादी संगठनलाई हतियार र गोला–बारुदको हजारौं ट्रक दिएको थियो । मैले धेरैपटक यो मुद्दा ट्रम्पसँग पनि उठाएको थिएँ । अब त्यही अवस्था बाइडनको कार्यकालमा जारी छ ।’

एर्दोगानले संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिएपछि सञ्चारकर्मीहरुसँग बोल्दै यस्तो बताएका हुन् । अमेरिकाले सिरियामा कुर्द लडाकुलाई इस्लामिक स्टेट (आईएस)विरुद्ध लड्न प्रयोग गर्दै आएको छ । अमेरिकाको कुर्दसँगको सम्बन्ध टर्की–अमेरिका सम्बन्धको सबैभन्दा ठूलो चुनौती हो ।

एर्दोगानले अमेरिकाका यसअघिका तीन राष्ट्रपतिसँग राम्रोसँग काम गरेको भए पनि बाइडनसँगको शुरुआत भने राम्रो नभएको बताए ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP